गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सजिप्ता पन्तको सल्लाह : महिनावारीको समयमा के गर्ने ?… शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं किन हुन्छ छारे रोग ? कसरी बच्ने यसबाट मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न