ब्यस्त दिनचर्याबाट अलग रहेर बिहानै उठेर कफि पिउनुको अब अर्काे नयाँ फाइदा पनि रहेको छ । कफीले अल्जाइमर तथा पार्किन्सन्सजस्ता न्युरोजेनेरेटिभ रोगहरुबाट बचाउने तथ्य एक अध्ययनले पत्ता लगाएको छ ।
पछिल्लो पटक गरिएको एक अध्ययन अनुसार, दैनिक ५ कप बराबर कफीको सेवनले व्यक्तिलाई डिम्नेसिया रोग लाग्नबाट बचाउँछ । यस तथ्यले यसअघि प्रसिद्ध पेय पदार्थ र न्युरोजेनेरेटिभ र कफी बीचको सम्बन्धमा गरिएको अध्ययनलाई समेत थप प्रस्ट पारेको छ ।
यस विषयमा बोल्दै ‘द स्मल चेन्ज डाइट, टोल्ड याहु लाइफ स्टाइल’का लेखक तथा प्रसिद्ध पोषणविद् केरि ग्यान्सले भने; ‘केही वैज्ञानिक अध्ययनहरुले हाल कफीको सेवनले छिटो अल्जाइमर लाग्नबाट जोगाउने कुरा पत्ता लगाएको छ ।’
सन् २०१८ मा गरिएको एक अध्ययनले दैनिक रुपमा कफीको सेवन गर्नाले व्यक्तिलाई डिम्नेसिया र अल्जाइमरजस्ता रोगहरु छिटो लाग्नबाट जोगाउने कुरा उल्लेख गरेको थियो । अनुसन्धानकर्ताहरुले कफीमा पाइने ‘फेलिन्ड्यान्स’जस्ता केही तत्वहरुले बेटा एमिलोइड तथा टाउ प्रोटिनका केहि भागलाई ब्लक गर्न मद्दत गर्दछ । गैर नाफामुखी संस्थाको पछिल्लो अध्ययनको क्रममा अनुसन्धानकर्ताहरुले थप जानकारीको लागि युरोपका ६ वटा कफी निर्माताहरुलाई आफ्नो अध्ययनमा सामेल गरेका थिए ।
अन्य रोगहरुमा कफीको प्रभाव
न्युरोजेनेरेटिभ अवस्थामा कफीले व्यक्तिको स्मरण शक्तिलाई बचाउँछ नै यसबाहेक यो अन्य रोगहरुको निम्ति पनि लाभदायक रहेको कुरा विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । ग्यान्सकाअनुसार यस्ता पेय पदार्थले व्यक्तिमा रहेको दोस्रो प्रकारको मधुमेह, मुटुरोग, पार्किन्सन्स् र अन्य केही सिमित किसिमका क्यान्सरजस्ता रोगहरुको जोखिम घटाउनमा मद्दत गर्दछ ।
सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार कफीमा पाइने ‘क्याफ्स्टोल’ र ‘क्याफिक’जस्ता एसिडहरुले व्यक्तिको रक्तचाप नियन्त्रणमा मद्दत गर्ने कुरा उल्लेख गरेको छ । परीक्षणको क्रममा यी दुई तत्वहरुको कारण शरीरमा इन्सुलिनको श्राव बढेलगत्तै ग्लुकोजका मात्रामा समेत वृद्धि भएको थियो ।
यसैगरि कफी पिउनाले केहि सिमित क्यान्सरहरु विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि गराउने तथ्य यसअघि गरेका केहि अध्ययनहरुले पुष्टि पनि गरिसकेको छ ।
भर्खरै मात्र सन् २०१९ मा गरिएको खोजहरुले पनि कफीमा ‘क्याफेस्टोल’ र ‘काहवेल एसीटेट’सहित सामान्य रुपमा प्रोटेस्ट क्यान्सरको वृद्धिलाई रोक्न सक्ने तत्व रहने कुरा प्रमाणित भएको छ ।
एजेन्सीको सहयोगमा