२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज नेपालमा १,५६७ शिशु जन्मने

आज नेपालमा १,५६७ शिशु जन्मने


काठमाडौं—युनिसेफले अंग्रेजी नयाँ वर्षका दिन (आज) नेपालमा १ हजार ५ सय ६७ शिशु जन्मिने अनुमान गरेको छ । नेपाली शिशुहरूको हिस्सा संसारभर नयाँ वर्षका दिनमा जन्मिने ३ लाख ९२ हजार ७८ शिशुको ०.४ प्रतिशत हुनेछ ।

‘नयाँ वर्ष र नयाँ दशकको सुरूवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाबारे सोच्ने मात्र नभै हामीपछि आउनेको भविष्यका लागि पनि सोच्ने अवसर हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन्, ‘पात्रोमा जनवरी फर्किँदै गर्दा हामीलाई जीवन यात्रा सुरू गरेका हरेक बालबालिकालाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।’

कुन देशमा कति
१. भारत — ६७,३८५
२. चीन — ४६,२९९
३. नाइजेरिया — २६,०३९
४. पाकिस्तान — १६,७८७
५. इन्डोनेसिया — १३,०२०
६. संयुक्त राज्य अमेरिका — १०,४५२
७. डेमोक्रेटिक रिपब्लिक अफ कंगो — १०,२४७
८. इथियोपिया — ८,४९३
९.नेपाल — १,५६७

सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु जन्मेको पहिलो महिना र तीमध्ये करिब एक तिहाई उनीहरूको जीवनको पहिलो दिनमा मरेका थिए ।

हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् । सन् २०१८ मा पाँच वर्षमुनि मर्ने बालवालिकाको कुल संख्याको ४७ प्रतिशत थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ