२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ संघमा प्रगतिशील समूहको प्यानलै विजयी

नेपाल नर्सिङ संघमा प्रगतिशील समूहको प्यानलै विजयी


काठमाडौं-नेपाल नर्सिङ संघमा प्रगतिशील समूहको प्यानलै विजयी भएको छ । संघमा मनकुमारी राई नेतृत्वमा रहेको प्रगतिशील समूहको प्यानलै विजयी भएको हो ।

मतगणना सकिएपनि निर्वाचन समितिले अन्तिम घोषणा भने केहीबेरमा गर्ने भएको छ । बुधबार संघको १९ औं कार्यसमितिका लागि देशभरका २१ मतदान केन्द्रबाट मतदान भएको छ ।

मनकुमारी राई समूह—१ बाट अध्यक्षमा मनकुमारी राई, बरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बाँनिया, महासचिवमा नर्मदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यसैगरी, समावेसी समूहबाट मुना राना थापा समूह—२ बाट मुना राना थापा अध्यक्ष, उर्मिला श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, विमलाकुमारी शाह उपाध्यक्ष, यसोदा बराल महासचिव, कविता आचार्य कोषाध्यक्षको उम्मेदवार छन् । कांग्रेस निकट मानिने मुना समूह समावेसी समूहका रुपमा चुनावी प्रतिस्पर्धामा ओर्लिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ