२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय

स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं—स्वास्थ्यका कर्मचारीहरुको समायोजनका क्रममा देखिएको नाम, पदको विवाद समाधान हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नाम, पदमा घटुवा नहुने गरी समायोजन गर्ने निर्णयसँगै उक्त विवाद समाधान भएको हो ।

क्याबिनेटले निजामती किताब खानामै भएको नाम, पदअनुसार नै स्वास्थ्यको समायोजन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तै, स्वास्थ्यको समायोजनमा देखिएको अर्को समस्या पनि हल हुने भएको छ । अब अप्राविधिक ठाउँमा समायोजन भएका प्राविधिकलाई प्राविधिक ठाउँमै समायोजन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसअघि कतिपय प्राविधिकहरु अप्राविधिक ठाउँमा समायोजन भएपछि त्यसले स्वास्थ्य संस्थाहरुमा समस्या देखिएको थियो । ‘अब त्यसलाई सच्याइने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ