२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले एनएचआरसी अध्यक्षसंग साेधे ‘भवन किन अमानतमा बनाउनुभयो ?’

स्वास्थ्यमन्त्रीले एनएचआरसी अध्यक्षसंग साेधे ‘भवन किन अमानतमा बनाउनुभयो ?’


काठमाडौ–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य अनुसनधान परिषद (एनएचआरसी) को नयाँ भवनको विषयमा परिषद अध्यक्ष डा अञ्जनी कुमार झासंग चासो राखेका छन् ।
सोमबार अनुगमनकालागि परिषद पुगेका मन्त्री ढकालले भवनको विषयमा चासो राखेका हुन् । अनुगमन पश्चात भएको अन्र्तकृयामा बोल्दै मन्त्री ढकालले भवन निर्माण गर्दा कानुनी प्रकृया पुरा नभएको र कर्मचारी भर्ना प्रकृया अपारदर्शी हुने गरेको आफुकहा गुनासो आएको भन्दै सो विषयमा जानकारी मागेका थिए । ‘यत्रो भवन निर्माण गार्दा कानुनी प्रकृया नुपु¥याइ बनाइयो भन्ने आएको छ ।’ उनले प्रश्न गरे ‘कर्मचारी भर्ना प्रकृया पनि अपारदर्शी हुन्छ भन्ने सुनिएको छ कुरा के हो ? मन्त्री ढकालले आफु थितीमा बस्ने र अरुले वेथिती गरे सहेर नबस्ने भन्दै चेतावनी समेत दिएका थिए ।
जवाफमा परिषद अध्यक्ष झाले बाहिर हल्ला चलेजस्तो कुनै अनियमितता नभएको र मन्त्रीलाइ संका लागे छानविन गर्नकोलागि आग्रह गरेका थिए । छानविनकोलागि आफुले सहयोग गर्ने र कुनै गल्ती भएको पाइए सजाय भोग्न तयार रहेको जवाफ दिएका थिए ।

भवनमा भ्रष्टचार भएको भन्दै सर्तकता र अख्तियारमा उजुरी


सो भवन कानुन विपरित अमानतमा निर्मार्ण गरीएको भन्दै परिषदका पदाधीकारी र सदस्यहरु विरुद्ध राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी समेत परेको छ ।

करीव ७५ लाख लागतमा निर्माण गरिएको भनिएको सो भवन खरिद ऐनमा उल्लेख भए बमोजिम उपभोक्ता समिति गठन गरेर बनाइएको भनिएतापनि त्यस अनुसार समिति नवनाइ निर्माण भएको भन्दै उजुरी परेको सर्तकता केन्द्रका एक अधिकारीले बताए ।
सर्तकेता केन्द्र स्रोतका अनुसार परेको उजुरीको प्ररम्भीक अध्ययनमा भवन सार्वजानीक खरिद ऐन विपरीत तरीकाले बनाएको भन्दै थप छानविन गर्ने प्रकृया अगाडी बढेको छ । त्यसैगरी अख्तियारले पनि छानविनकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ पत्र पठाएको छ ।

‘परिषदका पदाधीकारीले ऐनमा उल्लेख भए अनुसार लाभग्राही समुदायबाट समिति बनाइ निर्माण गरीएको भनेका छन्,’ उनले भने ‘तर उपभोक्ता समिति निर्माण गर्दा हुनुपर्ने प्रावधान पुरा गरीएको छैन ।’ व्यक्तिगत घर बनाएजस्तो तरीकाले सो भवन निर्माण गरीएको ती अधिकारीले बताए । ‘अमानतमा बनाउने भनेको सानातिना मर्मतको काम हो,’ उनले भने ‘अमानतमा बनाउदा पनि केही प्रकृया छन् ति पुरा भएको छैनन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ