कोपिला विश्वकर्मा, नर्स, ट्रमा सेन्टर
मेरो जन्म वि.सं २०३५ सालमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा भएको हो । मैले २०६८ सालमा काठमाडौं मोडल हस्पिटलबाट पीसीएल नर्सिङ गरें । कलंकी शहिद मेमोरियल अस्पतालबाट काम सुरु गरें । एक डेढ महिना त्यहाँ काम गरेपछि टिचिङ अस्पतालमा नाम निस्कियो ।
त्यहाँ पनि ८/९ महिना काम गरेपछि लोक सेवा आयोगमा नाम निकालेपछि राष्ट्रिय ट्रमा सेन्टरमा पोष्टिङ भयो । त्यहाँ २ वर्ष काम गरेपछि गत मंसिरदेखि अहिले मेरो दरबन्दी दोलखाको जिरी जिल्ला अस्पतालमा छ ।
सुरुमा मैले रत्न राज्यलक्ष्मी क्याम्पसबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा ब्याचलर्स गरेकी हुँ । ब्याचलर्स पास गरेको झण्डै १२ वर्षपछि मात्र मैले ६८ सालमा पीसीएल ज्वाइन गरें । मेरो एसएलसी पास हुने वित्तिकै नर्सिङ पढ्ने रहर थियो । तर, पढ्नलाई दिपायलतिर जानुपथ्र्यो ।
घरबाट निकै टाढा भएकाले त्यो बेला पढ्न पाइन । विवाहपछि त्यस्तै—त्यस्तै भयो । परिवार र सन्तानलाई पनि समय दिनुपथ्र्यो । मेरो ठूली दिदी नर्स हुनुहुन्छ । पछि उहाँले पनि यता नै राम्रो हुन्छ भन्नुभयो अनि फेरि नर्सिङ ज्वाइन भएँ ।
सम्झिरहने घटना
ट्रमा सेन्टरमा काम गर्दा बाइक दुर्घटनामा परेका नुवाकोटका १६/१७ वर्ष उमेरका दुई जना भाइहरुलाई ल्याइएको थियो । मेरो नाइट ड्युटी थियो । हाम्रोमा आईसीयु खाली थिएन् ।
उनीहरुलाई न्यूरो र अर्थो पनि हेर्न मिल्ने आईसीयु आवश्यक थियो । हामी आफैंले प्राइभेटमा रिफर गर्न नमिल्ने भएपनि उहाँहरुको अवस्था देख्दा अर्को अस्पतालमा सिफ्ट ग¥यौं । पछि मैले फ्लोअप गर्दा एक जना एक्सपाएर भएछन् । सम्झँदा मलाई अहिले पनि निकै नरमाइलो लाग्छ ।
बिरामीले गर्ने व्यवहार
अहिले त मानिसहरु निकै हेल्थ कन्सस छन् । हामीले त बिरामीको अवस्था हेरेर प्राथमिकता दिएर काम गर्नुपर्छ । तर, बिरामीको आफन्तले यो कुरा बुझ्दैनन् ।
छिटो उपचार भएन भनेर झर्कने, रिसाउने गर्छन् । अब उहाँहरुले त्यस्तो गर्नुभयो भनेर हामीले रिसाउन मिल्दैन् । काउन्सिलिङ गर्नुपर्छ ।