२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १० जनामा दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण

नेपालमा १० जनामा दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण


काठमाडौं—नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको ११ वर्षमा १० जनामा दोस्रो पटक सफल प्रत्यारोपण भएको छ । पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौैलाले करिब १२ वर्षपछि क्रमशः काम गर्न छाड्छ ।

मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि नियमित डायलाइसिस वा पुन प्रत्यारोपणमा जानु पर्छ । शिक्षण अस्पताल महाराजगञ्जका डा. प्रेमराज ज्ञवालीका अनुसार पहिलो प्रत्यारोपण गरिएका तर पुनः मिर्गौलाले काम गर्न छाडेपछि दोस्रो पटक प्रत्यारोपण १० जनामा गरिएको छ ।

शिक्षण अस्पतालमा ८ जनाको भएको छ भने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको भएको छ । नेपालमा पहिलो पटक ८ अगस्ट २००८ मा त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सुरु भएको थियो । त्यसको नेतृत्व डा. दिव्यासिंह साहले गरेकी थिइन ।

त्यस्तै, नेपाल सरकारले अंग प्रत्यारोपणका लागि मात्रै भनेर भक्तपुरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरी ६ माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु ग¥यो ।

रोकियो मिर्गौला प्रत्यारोपण

भक्तपुरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भने २० दिनदेखि प्रत्यारोपण सेवा ठप्प भएको छ । इथिकल कमिटिका सदस्यले प्रत्यारोपी व्यक्ति सिफारिसमा सही गर्न नमानेपछि सेवा रोकिएको छ ।

सानेपास्थित निदान अस्पतालमा मिर्गौला तस्करी भएको विषयले सिफारिस समितिका सदस्यले सही गर्न नमानेपछि सो केन्द्रको सेवा ठप्प भएको हो । केन्द्रमा अहिले ६० जना बिरामी प्रत्यारोपणको प्रतीक्षामा छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अहिले कुनै पनि अस्पतालमा प्रत्यारोपणको सिफारिस गरिएको छैन । वीर अस्पताल, शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा भने सेवा सञ्चालनमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ