२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले तीन हप्तामा देखेका १४ समस्यामा विज्ञका यस्ता सुझाव

स्वास्थ्यमन्त्रीले तीन हप्तामा देखेका १४ समस्यामा विज्ञका यस्ता सुझाव


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफूले मन्त्रालय सम्हालेको तीन हप्तामा झण्डै एक दर्जनभन्दा बढी समस्या केलाएका छन् ।

बिहिबार मन्त्रालयका पूर्व अधिकारी, विभिन्न क्षेत्रमा आवद्ध चिकित्सकहरुलाई बोलाएर आफूले केलाएका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर सल्लाह लिएका थिए ।

उनले विशेष गरी अस्पतालसँग सम्बन्धित बढी समस्या पाएको बताए । केही भने नीतिगत सुधार गर्नुपर्ने समस्या पनि उनले आफूले देखेका उल्लेख गरे ।

स्वास्थ्यमन्त्रीले देखेका १४ समस्या

१. बिरामी भैरहेका मान्छे अस्पताल पुगेपछि उपचार हुन्छ भनेर खुशी मुद्रामा जाने खालको वातावरण यो क्षेत्रमा ल्याउन सकिन्छ कि सकिदैन् ?
२. अस्पतालमा करोडौका सामााग्री किन्छौ तर किन प्रयोगमा आउँदैनन् ?
३. अस्पतालको कुरा गर्दा किन अर्बका मात्रै कुरा आउँछन् ?
४. स्वास्थ्य क्षेत्र सुधार गर्न कुन—कुन ऐन र नियमावली बाधक छन् ?
५. स्वास्थ्य मन्त्रालय र मातहतमा यदि दलीय आग्रह—पूर्वाग्रह भएको छ या होला भन्ने लाग्छ भने त्यसो हुन नदिन मेरो भूमिका हुन्छ ।
६. चिकित्सकलगायत स्वास्थ्यकर्मी अभाव हुन नदिने उपाय के हुन सक्छन् ?
७. अस्पतालहरुलाई सुधार गर्न के गर्नुपर्छ ?
८. अस्पतालमा चिकित्सक तोकिएको समयसम्म कसरी अड्याउन सकिन्छ ।
९. सरकारी अस्पतालको नाम बेचेर निजीमा जाने चिकित्सक कसरी रोक्ने ?
१०. सरकारी अस्पताललाई कसरी जनताको आस्थाको केन्द्र बनाउन सकिन्छ ?
११. स्वास्थ्य मन्त्रालयका कर्मचारीको तथ्यांक कसरी अपडेट गर्न सकिन्छ ?
१२. स्वास्थ्य क्षेत्रलाई कसरी जनताको विश्वसनीय बनाउन सकिन्छ ?
१३. निजी अस्पतालले कानुनमा भएको १० प्रतिशत असहायलाई निःशुल्क उपचार किन गर्दैन ?
१४ सरकारले कर छुट दिएर भित्र्याइएका उपकरणमा किन बढी पैसा लिइरहेका छन् ?

विज्ञको सुझाव

भएको संस्थालाई दह्रो बनाउन लागौं, नयाँ खोल्ने कुरा नगरौ

डा विमल थापा, पूर्व निर्देशक सिभिल सर्भिस अस्पताल

  • पोस्ट ग्राजुएशन सरकारीमा र प्राइभेट दुवैमा फ्री हुनुपर्छ ।
  • भएको दक्ष जनशक्तिलाई अनिवार्य रुपमा सरकारले खटाइएको ठाउँमा कम्तिमा पनि १ वर्ष काम गर्नैपर्ने नियम बनाउँदा उचित रहने ।
  • जनशक्तिलाई सहरी क्षेत्र (धेरै जनसंख्या भएको) र ग्रामीण क्षेत्र (कम जनसंख्या भएको) गरी दुई भागमा गरी वर्गीकृत गरी एउटा उचित प्रोटोकोल बनाई स्वास्थ्य संस्था स्थापना गर्नुपर्ने ।
  •  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विशेष प्रकारको परीक्षण गर्ने संस्थामा विकास गर्ने ।
  • भएका सरकारी प्रविधीलाई उचित प्रयोगमा ल्याउनुप¥यो ।
  • भएको संस्थालाई दह्रो बनाउन लागौं, नयाँ खोल्ने कुरा नगरौ ।

बिरामी किनबेच बन्द गर्नुपर्छ

डा भगवान कोइराला, अध्यक्ष नेपाल मेडिकल काउन्सिल

  • केयर सिस्टमको डेलिभरीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल आवश्यक ।
  • स्वस्थ्य र शिक्षाबीचको अन्र्तसम्बन्धको विषयमा गहन रुपमा छुट्टै बहसको आवश्यक ।
  • हजारौं विज्ञ तथा एमबीबीएस विद्यार्थीहरुको भविष्यमा धरापमा पर्ने हुँदा ती समस्याहरुको समाधानका निमित्त सम्बन्धित निकायहरुले तत्काल पहल गर्नुपर्ने ।
  • समायोजन, ऐन, अन्य (ग्रामीण क्षेत्र)बाट आएका युनिभर्सिटीलगायतका गम्भीर विषयहरुको ठोस निर्णय लिनुपर्ने ।
  • मृत्युदर कम गराउनको निम्ति गम्भीर रुपमा लागिपर्नुपर्ने । कुन रोगले धेरै मान्छे मर्छ र त्यो घटाउन के गर्नुपर्छ ।
  • मेडिकल क्षेत्रमा अप्ठ्याराहरु भएको कारण ऐन संशोधन गरिनुपर्ने ।
  • उपचार प्रक्रिया महंगो र सेवा प्रक्रिया गुणस्तरहीन हुनु पछाडि रहेको रिफ्रल फीको आधारमा बिरामी किनबेच नै प्रमुख कुरा हो । यसलाइ बन्द गर्नुपर्छ ।
  • क्वालीटिअफ केयर सुधार गर्न सकिन्छ किनकी हामीसंग संस्था नभएका हैनन्, भद्रगोल मात्र भएकाहुन् तिनलाइ सुधार्नुपर्छ ।

बजारमा माछा पसलजस्तै खुलेका ल्याब र कलेक्सन सेन्टर तत्काल बन्द गर्नुपर्छ

डा. धर्मकान्त बाँस्कोटा
उपकुलपति, त्रिभुवन विश्वविद्यालय

  •  बजारमा माछा पसलजस्तै खुलेका ल्याब र कलेक्सन सेन्टर तत्काल बन्द गर्नुपर्छ ।
  •  अस्पताल स्थापना, स्तरोन्नती तथा नवीकरण निर्देशिका परिवर्तन गरी मेडिकल कलेजका अस्पताललाई दर्ता प्रक्रियामा ल्याउनुपर्छ ।

समन्वय, ब्यवस्थापनको विषयमा रहेको कमजोरी हटाउन आवश्यक

डा. जेपी अग्रवाल, डिन आइओएम

  • समन्वय, ब्यवस्थापनको विषयमा रहेको कमजोरी हटाउन आवश्यक ।
  • प्रारम्भिक समयमा गरिएका योजनाहरुको रेकर्डिङ गरिनुपर्ने ।
  • स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरुलाई कम गर्नको निमित्त शैक्षिक संस्थाहरुको समन्वयनमा गरिनुपर्ने ।
  • मन्त्रालयले प्रदान गरिने सेवाहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने ।
  • भएका प्रोजेक्टहरुको निमित्त आवश्यक दरबन्दी, जनशक्ति, योजना र स्रोत आदि पक्षहरु जुटाउनुपर्ने ।
  • प्रत्येक व्यक्ति व्यक्तिगत स्वार्थको निम्ति मात्र नभएर सबैको भलाईको निम्ति सोचेर बेथिति समाधान प्रक्रियामा लागि परी कार्यविधिलाई अघि बढाउनुपर्ने ।
  • योजना कार्यन्वयन गर्नको निम्ति इमान्दार, अनुशासन र अर्थव्यवस्था नेतृत्व गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने ।

प्रतिष्ठानहरुको छाता ऐन ल्याउनुपर्छ

डा. जागेश्वर गौतम, निर्देशक परोपकार प्रसुतिगृह

  • विस्तारित स्वास्थ्य सेवा (इएचएस)लाई अनिवार्य गराउनुपर्छ ।
  • प्रतिष्ठानहरुको छाता ऐन ल्याउनुपर्छ ।
  • चिकित्सक सबैतिर पु¥याउन चिकित्सक अध्ययन गरिसकेपछि नेपाल सरकारका स्वास्थ्य संस्थामा निश्चित अवधि अनिवार्य सेवा गर्नुपर्ने नियम बनाउनुपर्छ ।

दीर्घ रोगको लागानीमा पुर्नविचार गर्नुपर्छ

डा दिव्या सिंह शाह

  •  दीर्घ रोगको लागानीमा पुर्नविचार गर्नुपर्छ ।
  • दीर्घरोग लागेपछि खर्च उपलब्ध गराउनेभन्दा लाग्नै नदिन प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्छ ।

निश्चित अस्पताललाई नमुना अस्पतालको रुपमा घोषणा गरेर विस्तारित कार्यक्रम सुरु गरौ

डा. विजय आचार्य, निर्देशक विपी कोइराला भरतपुर क्यान्सर अस्पताल

  •  निश्चित अस्पताललाई नमुना अस्पतालको रुपमा घोषणा गरेर विस्तारित कार्यक्रम सुरु गरौ ।
  • चिकित्सक दरबन्दी बढाउ ।

कलेजो सम्बन्धी रोगलाई प्राथमिकता दिऔ

डा. दिलीप शर्मा, निर्देशक, चिकित्सा शिक्षा आयोग

  • कलेजो सम्बन्धी रोगलाई प्राथमिकता दिऔ ।
  • छात्रवृत्तिका चिकित्सकलाई एमडी÷एमएस पश्चात एउटा सिष्टम बनाएर पोष्टिङ गराउ ।
  • हेपाटाइटिस सीलाई जनस्वास्थ्य समस्यामा राखी कार्यक्रम अगाडि बढाउनुपर्छ ।
  • नेपालका मेडिकल कलेजहरुलाई क्षेत्र हेरेर पायक पर्ने गरी दुई अथवा तीन जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्ने बाध्यकारी व्यवस्था बनाउनुपर्छ । अझ पोष्टमार्टम गराउन अभाव भएका जिल्लाहरुमा उनीहरुलाई अनिवार्य रुपमा खटाउनुपर्छ ।

निजी सरकारी क्षेत्रको साझेदारीलाइ प्रथामिकता दिनुपर्छ

बसन्त चौधरी, अध्यक्ष, नेपाल निजी अस्पताल तथा नर्सिङ होम सञ्चालक समिति

  •  निजी सरकारी क्षेत्रको साझेदारीलाइ प्राथमिकता दिनुपर्छ ।
  • निजीका समस्यालाइ रोक्ने कानुनी प्रवधान छन् तिनलाइ रोक्नुपर्छ ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ