२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा एक बिरामीबाट १ किलो फोहोर

अस्पतालमा एक बिरामीबाट १ किलो फोहोर


काठमाडौं—विश्वका ठूला अस्पतालहरुबाट प्रति शैय्या दिनमा ४ किलोसम्म फोहोर एउटा बिरामीले बनाउने गर्छ । तर, नेपालमा भने १ किलो ३ सय ग्राम मात्रै फोहोर एक जना बिरामीले निकाल्ने गरेको छ ।

नेपालका ठूला अस्पताल वीर, पाटन, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल, क्यान्सर अस्पताल भरतपुर, भरतपुर अस्पताल, नर्भिक अस्पताल, ओम अस्पताल, ग्राण्डी अस्पताल, कोशी अस्पतालजस्ता ठूला अस्पतालमा भर्ना भएका बिरामीले एक जना बराबर प्रति वेड १ किलो ३ सय ग्राम फोहोर बनाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार नेपालमा फोहोर निकै न्यून मात्रामा रहेको छ । अन्य देशमा भने २ देखि ४ किलोसम्म फोहोर बनाउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार स्वास्थ्य संस्थाबाट निस्किएको सो फोहोरको उचित व्यवस्थापन गर्न सकिएको छैन ।

व्यवस्थापन गर्न नजान्दा सबै जोखिम

अस्पतालहरुबाट उत्पादित फोहोरजन्य वस्तुमध्ये १० देखि २५ प्रतिशतसम्म जोखिमयुक्त हुने गरेको उनले बताए । जोखिम हुनमा अस्पतालबाट निस्कने पीप, रुवा, सिरिन्ज हुन्छन् । तर, ७५ देखि ९० प्रतिशतसम्म कुहिने र पुनः प्रयोगमा ल्याउन सक्ने वस्तु पनि हुने गरेका छन् ।
जनचेतनामा कमीका करण कामदार वा सम्बन्धित व्यक्तिले एकै ठाउँमा मिसाएका कारण शतप्रतिशत फोहोर जोखिमयुक्त हुने गरेको छ । ‘अस्पतालबाट निस्कने फोहोर घट्नेभन्दा पनि बढ्दो क्रममा रहेको छ,’ डोटेल भन्छन्, ‘तर सबै फोहोर संक्रामक हुँदैन, समयमै व्यवस्थापन नगरे संक्रमण फैलने डर हुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ