२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सक सल्लाहः जाडोमा गर्नैपर्ने पाँच कुरा

चिकित्सक सल्लाहः जाडोमा गर्नैपर्ने पाँच कुरा


न्यू इयर नजिकिदैंछ भने क्रिसमस पनि आउदैंछ । अन्तर्राष्ट्रिय पर्वहरुले रमझमका साथै जाडोयाम पनि सुरु भएको छ । जाडोयामले आफूसँगसँगै चिसो र खोकी पनि पनि बोकेर आउने गरेको पाइन्छ । तसर्थ, यस्ता जाडोयाममा लाग्ने चिसो र रुघाखोकीलाई हाम्रो पर्वहरु मनाउनबाट रोक्न नदिनको निम्ति के गर्ने ? यस विषयमा बोल्दै वरिष्ठ ग्यास्ट्रोलोजिस्ट तथा पेट विशेषज्ञ डा. मार्विन सिंह भन्छन्, ‘हामीले विशेष रुपमा हाम्रो प्रतिरक्षा प्रणालीको ख्याल राख्नुपर्दछ । जुन ७० देखि ८० प्रतिशतसम्म हाम्रो पेटमा रहन्छ ।’ उनका अनुसार हाम्रो पेटमा कुनै पनि जिवाणुको संक्रमण हुन नदिनु नै बिरामी हुनबाट बच्ने उत्तम उपाय हो । उनले जाडोयाममा गर्ने पर्ने पाँच कुराहरु सूचीवद्ध गरेका छन्ः


१. हारा हाचि बु

जापानिजको भाषमा हारा हाची बु भन्नाले ‘पेट ८० प्रतिशत रुपमा नभरिएसम्म खाइरहनु’ भन्ने बुझिन्छ । यो सिद्धान्त अनुसार जाडोयाममा खाना धेरै रुच्ने र छिट्टै भोक लाग्ने भएतापनि हामीले ८० प्रतिशतसम्म मात्रै खाना खानुपर्छ । अर्थात् हामीले अरु समयमा भन्दा यस समयमा बढी खाना रुच्ने भएता पनि धेरै खाना भने खानु हुँदैन ।

२. आफ्नो शरीरलाई बुस्ट दिने
कतिसम्म ? यसको निमित्त हामीले केहि प्रोबायोटिक्स, इल्डरबेरी तथा बेसारको प्रयोग पनि गर्न सकिन्छ । तर, तपाईंले ती प्रयोग गर्नु भएको पूरकले सबैलाई सकरात्मक प्रभाव पार्छ नै भन्ने हुँदैन । तसर्थ ती पूरकले तपाईंलाई कस्तो प्रभाव पार्दछ भन्ने कुराको पनि ख्याल राख्नुपर्दछ ।

३. शारीरिक व्यायाम
जाडोयाममा हामीलाई खाना धेरै रुच्ने भएकोले हामी धेरै खाना खानुको साथसाथै अल्छी पनि हुन पुग्छौं । जसकारण शरीरले खाना खाए अनुसारको शारीरिक सक्रियता नभएको खण्डमा र ती खानाको खानाहरु पेटमा नै बसिरहने भएकाले कालान्तारमा गएर त्यसले विभिन्न किसिमका रोगहरु निम्याउँछ । त्यसैले पनि हामीले दैनिक गर्ने शारीरिक सक्रियताका गतिविधिहरु त छदैंछ, यसबाहेक पनि हामीले यस समयमा शारीरिक व्यायामलाई भने छुट्याउनै हुँदैन ।

४. अल्कोहलको मात्रा चेक गर्ने
प्रतिरक्षा प्रणालीलाई हानी पु¥याउने एक मात्र माध्यम मद्यपान भएकोले हामीले मद्यपानको सेवनमा नियन्त्रण ल्याउन आवश्यक हुन्छ । अझ यसको प्रयोगको मात्राभन्दा पनि कत्ति पनि खादै नखानुलाई स्वास्थ्यको दृष्टिकोणले पनि उचित मानिन्छ ।

५. आराम
जो कोहीलाई आराम लिनु स्वस्थ्य स्वास्थ्यको महत्वपूर्ण भाग नलाग्न सक्छ । तर, आराम पनि व्यक्तिको जीवनको निम्ति नभई नहुने महत्वपूर्ण पाटो हो । किनकी थकानले हाम्रो शरीरलाई गलाउँछ र थकित शरीरमा शरीरको प्रतिरक्षा शक्ति पनि उत्तिको सक्रिय नरहने हुनाले जिवाणुहरुले पनि छिट्टै आक्रमण गर्न सक्दछ । जसकारण पनि हामीले आराम अत्यावश्यक मानिन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ