२०८२ वैशाख ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल नेशनल अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर सेवाको आयोजना

नेपाल नेशनल अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर सेवाको आयोजना


काठमाडौं-बढ्दो जाडो यामलाई मध्यनजर गर्दै नेपाल नेशनल अस्पतालले निःशुल्क स्वास्थ्य सेवा शिविरको आयोजना गरेको छ । विभिन्न विधाका वरिष्ठ विशेषज्ञहरुद्धारा उपचार गरिने उक्त शिविरमा निःशुल्क ओपिडि तथा परामर्श सेवा उपलब्ध रहेको छ ।

आइतबारदेखि सञ्चालनमा आएको यस शिविरबाट सुरुकै दिनमा नै करिब ७० जना व्यक्तिहरुले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।

अस्पतालका निर्देशक डा. प्रकाश पौड्यालका अनुसार प्रत्येक व्यक्तिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै सो शिविरको आयोजना गरिएको हो । शिविर सञ्चालनको मुख्य उद्देश्यबारे बताउँदैं उनले हेल्थ आवाजसँग भने, ‘बढ्दो ब्यस्त जीवनशैलीका कारण मानिसहरुले आफ्नो स्वास्थ्य स्थितिलाई बेवास्ता गर्ने क्रम बढिरहँदा यस्ता गतिविधिले अलिकति मात्रै भएतापनि उनीहरुलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन मद्दत पु¥याउनु नै यस शिविरको मुख्य उद्देश्य हो ।’

उनका अनुसार अस्पतालले औषधीमा समेत १० प्रतिशत छुटको ब्यवस्था गरेको छ ।

शुक्रबारसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीले दन्त सेवा, पिएफटि ल्याब, एक्स–रे तथा भिडियो एक्स–रे, इन्डोस्कोपी र इकोजस्ता विभिन्न विधाका सेवाहरुबाट निःशुल्क लाभ लिन सक्छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ