२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सस्वस्थ्य विहानीको लागि आवश्यक १० कुरा

स्वस्थ्य विहानीको लागि आवश्यक १० कुरा


१. सुत्ने समय र अन्तरालको निश्चित समय तालिका
मानिसको शरीरले सर्काडियन रिदमको अनुशरण गर्ने गर्दछ । प्रत्येक विहानी एकै समयमा उठ्ने बानी बसाल्नाले तपाईंलाई यसले सुत्नको निम्ति पनि सघाउ पु¥याउँछ । तसर्थ, उचित रात्री समय तथा सिर्जनशील दैनिकीको लागि यो उपयुक्त रहन्छ ।

२. योगा
योगा तथा एकत्रित रहने ब्यायामले तपाईंको विचारशीलता वृद्धि गर्नमा मद्दत पु¥याउँछ । यसले व्यक्तिको तनाव तथा डिप्रेशनको स्तरलाई समेत घटाउनमा मद्धत गर्दछ ।

३. मुख धुने
बिहान उठेर मुख धुनाले तपाईलाई निन्द्राबाट व्युझिंएको अनुभूति मात्रै दिलाउँदैन् । यसले त शरीरलाई स्फूर्त बनाई निदाउरोपन र शारीरिक निस्क्रियताबाट पनि राहत दिन्छ ।

४. शरीर तन्काउने
प्रत्येक बिहान उठेर शरीर तन्काउनाले शरीरको भागहरु बलियो तथा मजबुत हुन पुग्छ । शरीरको विभिन्न भागहरु दुख्नबाट जोगाउँछ ।

५. मन्त्रको उच्चारण
हालसालै गरिएको एक अनुसन्धानको प्राप्त निष्कर्ष अनुसार सकारात्मक विचार व्यक्तिलाई सफल बन्न र सहि रुपमा प्रस्तुत हुन मद्धत गर्दछ ।

६. दैनिकीको योजना
दिनभर आज के गर्ने र के नगर्ने भन्ने विषयले तपाईंको कामलाई प्रतिनिधित्व गर्दछ । यसका साथे यसले तपाईको दैनिकीबारे तनावबाट मुक्त समेत बनाउँछ ।

७. पानी पिउने
उठ्ने बित्तिकै जति सक्दो चाडो पानी पिउने बानी बसाल्नुपर्छ । यसले तपाईंको शरीरमा भएका विकारहरुको विस्थापित गरी तौल कम गर्नमा समेत मद्दत गर्दछ ।

८. शारीरिक ब्यायाम
बिहान छिट्टै उठेर शारीरिक व्यायाम गर्नाले यसले तपाईको शरीरमा रहेको हार्माेनहरुलाई सक्रिय बनाउन मद्धत गर्दछ । र, यसरी प्राप्त ऊर्जा दिनभर तपाइको शरीरमा रहि रहनेछ ।

९. ब्रेकफास्टको ब्यालेन्स
ब्रेकफास्टमा मिलाएको ब्यालेन्सलाई शुभ तथा स्वस्थ्य बिहानीको साँचो (चाबी) पनि मान्निछ । पूर्ण न्युट्रिशन, माइन रोस्ट प्रोटिन कफि बनाउन सजिलो पनि हुने र स्वाद र शरीरको आवश्यकता अनुसार पनि लाभदायक रहन्छ । यसलाई हाम्रो दिनको सुरुवात गर्ने उत्तम तरिकाको रुपमा पनि लिइन्छ । तर, हामीले बिहान ब्रेकफास्टमा प्रयोग गरिने खानाहरुमा चिनीको प्रयोग भने उचित मानिदैन ।

१०. सकारात्मक विचार
‘बिहानको घामले दिनको संकेत दिन्छ’ भने झैं हामीले गरेको विहानको गतिविधिको प्रभाव हाम्रो दैनिकीमा पनि पर्न जान्छ । तसर्थ, हामीले हाम्रो हरेक समय खुशीमय बनाउनको निम्ति पनि विशेष रुपमा दिनको सुरुवात सकरात्मक सोचबाट गर्नुपर्छ । यसको निमित्त विज्ञहरुले बिहान उठ्ने वित्तिकै मुस्कानबाट आफ्नो दैनिकीको सुरुवात गर्न सल्लाह दिन्छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ