२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयल एन्ड अक्सफोर्ड निष्कर्ष : पैसाले भन्दा बढी व्यायामले दिन्छ खुसी

यल एन्ड अक्सफोर्ड निष्कर्ष : पैसाले भन्दा बढी व्यायामले दिन्छ खुसी


काठमाडौं—शारीरिक व्यायाम शरीरको निम्ति मात्र नभई मानसिक रुपमा समेत फाइदाजनक रहेको पाइएको छ । तर, के यो हाम्रो आर्थिक स्थितीभन्दा बढी महत्वपूर्ण हुन सक्ला त? यो विषय सबैको निम्ति सोचको विषय हुनसक्छ । तर, यल तथा अक्सफोर्ड अनुसन्धानले भने यस सम्बन्धि अध्ययन नै गरेका छन् ।

‘द ल्यान्सेट’ मा प्रकाशित समाचारअनुसार यस विषयको अध्ययनको निम्ति वैज्ञानिकहरुले १२ लाख ब्यक्तिहरुको शारीरिक तथा मानसिक अवस्थाको सम्बन्धमा विभिन्न तथ्यांकहरु संकलन गरेका थिए । अध्ययनमा सहभागी जनाएका ब्यक्तिहरुलाई ‘पछिल्लो ३० दिनमा तनाव, डिप्रेशन तथा भावनात्मक गतिविधिजस्ता मानसिक स्वास्थ्यमा समस्या कहिले देखा परेको थियो’ भन्ने प्रश्न सोधिएको थियो ।

यसैगरी उक्त सहभागीहरुलाई उनीहरुको आफ्नो ब्यक्तिगत गतिविधि तथा आयस्रोतको बारेमा पनि सोधिएको थियो । जसमा प्रतिउत्तरको निम्ति घाँस काट्ने, बच्चाहरुको स्याहार–सुसार गर्ने, घरका काम गर्ने, साइकल चलाउने र दौडनेलगायतका विभिन्न विकल्पहरु समावेश गरिएका थिए ।

परिणामस्वरुप अनुसन्धानकर्ताहरुले नियमित ब्यायाम गर्ने ब्यक्तिहरुमा वर्षमा ३५ दिन र अन्यमा भने त्यो भन्दा १८ दिन बढी आफूमा खराब सोच तथा विचार आएको तथ्यांक प्राप्त गरेका थिए ।

यसका साथै अनुसन्धानले शारीरिक रुपले सक्रिय रहने ब्यक्तिहरु खेलकुद नगर्ने तर एक वर्षमा २५ हजार डलर कमाउने ब्यक्तिहरु जत्तिकै राम्रो महसुस गर्ने पनि पत्ता लगाएको छ । यसरी प्राप्त निस्कर्षले ब्यक्ति खुुसी हुनको निम्ति पैसा कमाउनु नै पर्छ भन्ने धारणालाई गलत सावित गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ