२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने

नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने


काठमाडौं–नर्सिङ संघको निर्वाचन नजिकिदैं गर्दा नेकपा निकट नर्स हरुको प्यानलले १९ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा सुत्केरी भएको दुई वर्ष र ५० वर्ष माथिका नर्सहरुलाई रात्रीकालीन ड्युटी नराख्ने विषयमा नीतिगत निर्णय गराउन पहल गर्नेदेखि लिएर सबै स्थानमा काम गर्नेको सेवा सुविधा एउटै बनाउनेसम्मका घोषणा रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्षकी दावेदार प्रध्यापक मन कुमारी राईले विगतको इतिहासलाई जोगाउँदै सबै नर्सहरुको हितमा लाग्ने बताइन् । नर्सिङ संघकी वर्तमान उपाध्यक्ष अप्सरा पाण्डेले यो कार्यकालमा सरकारले नर्सहरुका लागि धेरै नीतिगत काम गरेको र आफूहरुले त्यसको नेतृत्व गरेको दावी गरिन् ।

यस्ता छन् घोषणा

  • वर्तमान संघीय संरचना अनुरुप नर्सिङ सेवालाई सेवाग्रही मैत्री बनाउँदै लगी यसको कार्य दायरालाई फराकिलो बनाउँदै सातवटै प्रदेशमा नर्सिङ संघ र ७७ वटै जिल्लामा नर्सिङ समितिलगायत स्थानीय तहमा एकाई समिति गठन गरी व्यापक रुपमा
  • ‘नागरिकको नैसर्गिक अधिकार’स्तरीय सुरक्षित स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्ने ।
  •  नर्सिङ शिक्षा, सेवा अभ्यास र यसलार्य अझ मजबुत बनाउन नर्सिङ अनुसन्धान, प्रशासन तथा व्यवस्थापनलार्य एक अर्काको परिपूरकका रुपमा निजी, गैर सरकारी तथा सरकारी संघ संस्थामा लागु गराउन पहल गर्ने ।
  •  नर्सिङ शिक्षा स्तरीय सर्वसुलभ तथा वैज्ञानिक बनाउन र विश्व जगतको मागअनुसार शिक्षक विद्यार्थीको अनुपात र शैक्षिक भौतिक आधारहरुको व्यवस्था गराउन पहल गर्ने ।
  • सरकारी, गैर सरकारी तथा निजी संघ स.स्थाहरुमा कार्यरत नर्सहरुको सेवा सुविधामा एकरुपता ल्याउन पहल गर्ने ।
  • यस शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र मर्यादित बनाउन नेपाल सरकार, नर्सिङ परिषद्, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नर्सिङ परिषद्जस्ता सम्बन्धित निकायहरुसँग समन्वयन गरी स्तरीय मापदण्डअनुसार, पारदर्शी रुपमा सुक्ष्म रुपले अनुगमन तथा मुल्यांकन गराउन पहल गर्ने ।
  • अवकाश प्राप्त नर्सहरुको क्षमता र अनुभवको कदर गर्दै सिर्जनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने ।
  • नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरुबीच हुने विभेदपूर्ण ब्यवहार सदाको निम्ति अन्त्य गराउन पहल गर्ने ।
  • नर्सहरुको कार्य दायरा अझै फराकिलो पार्न पहल गर्ने ।
  •  नर्सिङ संघको दर्ता शुल्क साधारण सभामार्फत राज्यको ढाँचा र कार्यभार अनुसार पूरा परिमार्जित गर्ने ।
  • वर्तमान समयमा भइरहेको गैर—सरकारी, निजी तथा सरकारी संघ संस्थामा आर्थिक, मानसिक, सामाजिक र शारीरिक शोषण अन्त्य गर्न विशेष किसिमको कार्य प्रणाली विकास गरी व्यवस्थाको लागि पहल गर्ने ।
  •  एकै पदमा लामो समयसम्म र कार्य गरिरहनुपर्ने विभेदपूर्ण नीतिको अन्त्य गर्न, समायोजन र पदस्थापनामा देखा परेका त्रुटीलाई समोधन गर्न पहल गर्ने ।
  • अनमीहरुलाई विशेष कार्यक्रम अन्र्तगत स्टाफ नर्समा अध्ययन गराउन छात्रवृत्तिको ब्यवस्था गर्न र स्टाफ नर्स योग्य अनमीहरुलाई पदस्थापना गराउन पहल गर्ने ।
  • जनताको मौलिक अधिकार र स्तरीय स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ प्रशासकसम्म राज्यभरी लोकसेवा खुलाउन पहल गर्ने ।
  • सुत्केरी भएको २ वर्षसम्म ५० वर्ष नाघेका नर्सहरुबाट नाइट ड्युटीको प्रेसर हटाउनको निम्ति पहल गर्ने ।
  • शैक्षिक योग्यता र वरिष्ठताको आधारमा नेपालभरिका स्वासथ्य संस्थाहरुमा प्रमुख हुने प्रावधानको नीतिगत पहल गर्ने ।
  •  नेपाल नर्सिङ संघको विधान समय सापेक्षित संसोधन गर्ने ।
  • चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारी निर्देशकको पदमा चिकित्सकहरुबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा नर्सिङ सेवाबाट पनि अनिवार्य प्रतिनिधित्व हुने गरी पहल गर्ने ।
  • हाल रहेको नर्सिङ संघको केन्द्रिय कार्यालय भवनलाई ब्यवसायिक भवनका रुपमा निर्माण गर्ने ।
  • अध्ययन गरिएका विषयगत विशेषज्ञताको आधारमा काम गर्ने वातावरण मिलाउन पहल गर्ने ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ