काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले नाम, पद, स्थान र संकेत नम्बर गल्ती भएका १ सय ९२ कर्मचारीहरुको समायोजन संसोधन गरी सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यसअघि समायोजनका क्रममा नाम, पद, समायोजन भएका स्थान र संकेत नम्बर गल्ती भएकाहरुको सच्याइएको बताए ।
अन्य गुनासोको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काललाई स्थगित गर्न लगाएका छन् । मन्त्री ढकालका अनुसार समायोजनमा करिब ७ हजार गुनासा रहेका छन् । ती गुनासोलाई सम्बोधन गर्न आफूले पाँच विकल्प अगाडि सारेर काम गरिरहेको दुई दिनअघि पत्रकारहरुको भेटमा बताएका थिए ।
पहिलो योजनामा त्यसमा एक हजारको सम्बोधन भइसकेको र बाँकी एक हजारको सम्बोधन हुने तयारीमा रहेको समेत उनले जानकारी दिए ।
दोस्रो योजनामा बाकी रहेका ५ हजारमध्ये २ हजार नाम पद नमिलेका कारण समस्या भएको उनले बताए । नाम पदका कारण समस्या भएकाहरुलाई पहिले कै नाम पदअनुसार समायोजन गरिने मन्त्री ढकालले बताए । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लगेर पारित गराउने तयारी रहेको छ ।
तेस्रो योजनामा समायोजनका कारण खाली भएका स्थानमा धेरैले जान चाहेको तर प्राविधिक कारणले समस्या भएकाहरुलाई पठाउने तयारी मन्त्रालयले गरेको छ । चौथो योजना गुनासो गरेका तर समायोजनमा सम्बोधन गर्नै नसक्नेका लागि उचित जवाफ दिने गरी तयारी भइरहेको छ ।
चार वटै विकल्पमा पनि समेटिन नसकेकाहरुलाई तत्काल पुल दरबन्दीमा राखी अत्यावश्यक ठाउँमा खटाउने तयारीमा रहेको मन्त्री ढकालले बताए ।
चार किसिमका त्रुटी सच्याई मन्त्रालयले समायोजन संशोधन सार्वजनिक गरेको छ । क १ सूचीमा ५४ जना, क २ सूचीमा ५० जना, क
३ सूचीमा ५२ र क ४ सूचीमा १८ जना कर्मचारीको संसोधन सार्वजनिक गरिएको छ । आइतबार निकालेको पहिलो संशोधनमा हेल्थ असिस्टेन्ट, अहेव, अनमी सिनियर अहेव र सिनियर अनमी, वैद्यलगायत रहेका छन् ।
नाम, ठाउँ, पद तह र संकेत नं. बिग्रिएका कर्मचारीको समायोजन संसोधन