काठमाडौ – २०७२ पौष ६ गते आगोले जलेर गंभिर घाईते भएका २२ बर्षीय राउटे कपिल शाहीको उपचार खर्च नहुदा मिर्गौलाको वायोप्सी रोकिएको छ । गत मंसिर १६ गते वीर अस्पताल भर्ना भएका उनको मिर्गौलामा समस्या देखिएको अस्पतालको डा धुव्र गैरेले बताए । वायोप्सी नगर्दा सम्म कस्तो अवस्था छ कुन औषधि चलाउने एकिन नभएका कारण राउटे कपिलको मिर्गौलाको वायोप्सी गर्नुुपर्ने भएको हो उनले भने । सरकारले राउटे समुदायलाई लोपोन्मुख तथा सिमान्तकृतमा सूचिकृत गरेको छ । तर, आवश्यक पर्दा उनले राज्यबाट सेवा पाएका छैनन । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले २२ हजार नहुदा राउटेको उपचार अगाडि बढ्न नसकेको बताईन । वीर अस्पतालमा हुने उपचारमा पैसाको अभावले समस्या हुदैन डा गैरले भने, तर, वायोप्सीको नमुना भारत पठाउनु पर्छ, त्यसका लागि नगत अग्रिम आवश्यक पर्छ ।’ कपिलको स्वास्थ्यमा गंभिर समस्या देखिए पछि अधिकारीले थप उपचारका लागि वीर अस्पताल ल्याएकी हुन ।
नेपालमा नमूना संकलन भारतमा परिक्षण
चिकित्सकहरुले रिपोटको पूर्ण विश्वासका लागि नेपालमा नमुना संकलन गरी रिपोर्टका लागि भारत पठाउने गरेका छन् । बिरामी जान कठिन र बढी खर्च लाग्ने भएकाले नेपालमा नमूना संकलन गरेर रिपोर्टका लागि मात्रै भारत पठाउने गरेको मिर्गौला रोग विशेषज्ञहरु बताउछन् । वायोप्सी पठाएको दुई हप्ता भित्र रिपोर्ट आउँछ । वायोप्सी गर्न १६ हजार देखि २५ हजार सम्म लाग्छ । मिगौलाको सानो टुक्रा निकाल्नको लागि सो भाग वायोप्सीको सुई छिराईन्छ र राम्रो टुक्रा निकाल्नको लागि कम्तीमा २÷३ पटक कोप्नु पर्ने हुन्छ । मिर्गौलाबाट सानो टुक्रा निकालेर परिक्षणका लागि पठाइन्छ ।
विदेश जाने रकम हामी तिर्न सक्दैनौ
अधिकारीले वीर अस्पताल समक्ष रकम नभएको पटक पटक आग्रह गरेकी छन् । तर, अस्पतालले भने, स्वदेशमा हुनेमा मात्रै सहयोग गर्न सक्ने जनाएको उनि बताउँछीन । ‘मैले राउटेको खर्च नभएको जानकारी गराएँ । तर, ’अस्पतालले वायोप्सी परिक्षण विदेशमा हुने भएकाले सहयोग गर्न नसक्ने बतायो उनले भनिन ।’ विदेशमा जाने रकम आफै तिर्नुपर्छ भनेपछि राउटेको उपचार रोकिएको छ ।