२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिव डा. चौधरीद्वारा राजीनामा स्वीकृतीका लागि पुनः सरकारलाई निवेदन

स्वास्थ्य सचिव डा. चौधरीद्वारा राजीनामा स्वीकृतीका लागि पुनः सरकारलाई निवेदन


काठमाडौं—स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले पहिलो पटक पदबाट दिएको राजीनामा सरकारले अस्वीकृत गरेपछि उनले राजीनामा स्वीकृतीका लागि पुनः सरकारलाई निवेदन दिएकी छन् । उनले चार दिनअघि स्वास्थ्य सचिवमार्फत पुनः राजीनामा स्वीकृतीका लागि निवेदन दिएकी हुन् ।

४ दिनअघि मन्त्रालय आएकी डा. चौधरीले सो क्रममा मन्त्री भानुभक्त ढकाललाई भेटेर पनि उनले आफूले पदबाट दिएको राजीनामा स्वीकृत गरेर सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

यसअघि विश्व स्वास्थ्य संगठनको पी—५ लेभलको जागिर लागि नाम निकालेपछि डा. चौधरीले गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी थिइन् । उनले सचिव पदबाट दिएको राजीनामा १७ कात्तिकमा बसेको क्याबिनेट बैठकले अस्वीकृत गरेको थियो ।

राजीनामा अस्वीकृत गरेपछि पनि मन्त्रालयमा अनुपस्थित भएपछि उनको खोजी सुरु भएको थियो । त्यही क्रममा चार दिन अघि स्वास्थ्य मन्त्रालय पुगेर उनले पुनः राजीनामा स्वीकृतीका लागि सरकारलाई स्वास्थ्य सचिवमार्फत निवेदन दिएकी हुन् ।

यस्तो थियो डा. पुष्पाले सचिव छाड्न खोज्नुको कारण

डेढ वर्षअघि तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी फोरम, नेपाल) का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएका थिए । यादव मन्त्री भएर आएको दुई महिना पनि नबित्दैं सचिव डा. चौधरीसँग खटपट सुरु भएको थियो ।

अघिल्लो वर्षको २८ असोजमा मन्त्री यादवले सचिव चौधरीलाई मन्त्रिपरिषद्बाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा फाजिल राख्ने निर्णय गराएका थिए । सो निर्णय विरुद्ध सचिव चौधरी सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्च अदालतले उनलाई स्वास्थ्य मन्त्रालयमै काम गराउन अन्तरिम आदेश दिएको थियो । सो आदेशसँगै उनी स्वास्थ्य मन्त्रालय फर्किए पनि कामकाजबिहिन भएकी थिइन् । उनी मन्त्रालयमा फर्केलगतै असन्तुष्ट बनेका मन्त्री यादवले त्यसबेला प्रधानमन्त्री कार्यलयमा रहेका सचिव केदारबहादुर अधिकारीलाई अर्को सचिवका रुपमा स्वास्थ्य मन्त्रालय भित्र्याएका थिए ।

एउटै मन्त्रालय दुई सचिव भएतापनि लामो समयसम्म सचिव चौधरीलाई भूमिकाबिहीन बनाइएको थियो । दुई सचिवबीच टकराव बढेसँगै मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा दुई सचिवको दरबन्दी सिर्जना गरी एकलाई स्वास्थ्य क्षेत्र हेर्ने र अर्कोलाई प्रशासन तथा जनसंख्या हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो ।

डा. चौधरीलाई कागजी रुपमा स्वास्थ्य हेर्ने जिम्मेवारी दिइएतापनि खासै भूमिका भने दिइएको थिएन । आफूलाई लगभग जिम्मेवारीबिहिन बनाएसँगै असन्तुष्ट रहेकी डा. चौधरीले गत जेठमा नै सचिव छोड्ने मनस्थिती बनाएकी थिइन् । उनले विश्व स्वास्थ्य संगठनको पी—फाइभ लेभलको जागिरको लागि आवेदन दिएर नाम निकालेकी थिइन् ।

उनीसँगै पूर्ण सचिव डा. किरण रेग्मी पनि उक्त पदका लागि प्रतिस्पर्धामा गरेकी थिइन् । सचिव रहेकै बखत सरकारसँग अनुमति नलिई उनले विश्व स्वास्थ्य संगठनको जागिरमा नाम निकालेको भन्दै प्रधानमन्त्री र मुख्य सचिव उनीसँग असन्तुष्ट थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ