२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न

बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न


अन्र्तराष्ट्रिय बाल दिवसको अवसर पारेर इशान बाल तथा महिला अस्पतालमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकालाई लक्षित गर्दै उनीहरुलाई मनोरञ्जन गराउने उद्देश्यका साथ इशान बाल तथा महिला अस्पताल र एसआरएल ल्याबोटरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

बालबालिकाको विभिन्न आधारभुत आवश्यकतामध्ये मनोरञ्जनात्मक क्षेत्र पनि एक हो भन्ने कुरालाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका निर्देशक आरपी चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा अस्पतालमा भर्ना भएका पेन्टिङ गर्न सक्ने बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको थियो ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई प्रथम तथा दोस्रो श्रेणीमा नछुट्याइ, बरु हौसला प्रदान गर्ने उद्देश्यका साथ प्रत्येकलाई उपहार स्वरुप चकलेट प्रदान गरिएको थियो । अस्पतालको यस्तो गतिविधिबाट बालबालिकासंगै अभिभावकहरु समेत प्रभावित भएका थिए ।
सन् १९५४ मा सर्वप्रथम युएनले बाल दिवसको अवधारणा ल्याएको थियो । बालबालिकाको आवश्यकता र अधिकारको सुनिश्चित गर्दै ल्याइएको उक्त आवधारणा त्यसयता भने क्रमिक रुपमा प्रत्येक राष्ट्रले अन्र्तराष्ट्रिय बाल दिवसको रुपमा मनाउदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ