२०८२ वैशाख ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशएनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग

एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) लुम्बिनीले आवासीय चिकित्सकहरुलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने सरकारको निर्णय कार्यन्वयन माग गर्दै जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । बिहीबार एनएमए लुम्बिनीको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा चिकित्सा शिक्षा आयोगको १६ औं पूर्ण बैठकको निर्णय कार्यन्वयन नहुनु र आन्दोलनरत आवासीय चिकित्सकहरुको माग सम्बोधन गर्न राज्य देखाएको उदासिनताप्रति एनएमए लुम्बिनीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै, एनएमए लुम्बिनीले केन्द्रीय कार्यलयले घोषणा गरेका कार्यक्रममा ऐक्यबद्धता जनाउँदैं शाखाअन्तर्गत सम्पूर्ण चिकित्सकहरुलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

एनएमएले निजी मेडिकल कलेजमा काम गर्नेबाहेकका सम्पूर्ण चिकित्सकलाई आकस्मिक तथा सघन उपचार सेवाबाहेकका सम्पूर्ण काम छोडी संघर्षमा आउन आव्हान गरेको छ । यस्तै, १२ बैशाखदेखि देशभरका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प हुन बाध्य पार्ने चेतावनीसमेत दिएको छ ।

एनएमए लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल र महासचिव डा. प्रकाश बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्र एनएमए लुम्बिनीका उपाध्यक्ष डा. वर्षा थापा, महासचिव प्रकाश बस्नेत, कोषाध्यक्ष डा. रमेश भट्टरराई र राष्ट्रिय चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सम्राट पराजुलीसहितको टोली जिप्रका पुगेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ