२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री


काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट पारे।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु,’ ओलीले भने, ‘कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’

प्रधानमन्त्री ओलीले कसैले एमालेविनाको देशको पनि कल्पना गरेका नगर्न समेत चेतावनी दिए । ‘केपी ओलीविनाको एमाले किन खोजेको होला । तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ,’ उनले थपे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ