२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्

गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्

यस्ता छन् मही पिउनुका फाइदा


गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भइसकेको छ ।

हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं । तर, त्यो वासी फलफूलबाट बनाएर राखेको हुन्छ र साथै त्यसमा राखिने प्रिजरभेटिभ तथा कलरिङ तत्वले गर्दा स्वास्थ्यमा हानि पुर्‍याउँछ । बिरामी भेट्न जाँदा यो त राम्रो भनेर लिएर जान्छौं । तर, त्यो वासी फलफूल र चिनीको घोल लिएर जाने हो । त्यस्तो खालको जुसमा ८० प्रतिशत चिनी मात्रै हुन्छ र त्यही चिनीको झोल खानको लागि हामीले धेरै पैसा तिरेका हुन्छौं ।

अहिले त स्कुलको खाजामा पनि यस्ता खालको जुसको विज्ञापन रहेको हुन्छ । त्यसले पनि बालबालिकाको मनोविज्ञानमा असर गरेको हुन्छ । जुस बनाउने ड्रममा कुहिएको फलफूल भेटियो भनेर पनि कहिलेकाहीँ आइरहेको हुन्छ । त्यसैले आमाबाबु पनि सचेत हुनुपर्छ । यस्तो जुस दिनु भनेको आफ्नै छोराछोरीको स्वास्थ्यमा खेलवाड गर्नु हो ।

अहिलेको स्वास्थ्य सुचांकअनुसार नसर्ने रोगहरु जस्तै मधुमेह, क्यान्सर तथा रक्तनलीसँग सम्बन्धित रोगहरुको जोखिम बढ्दै गएको देखाइरहेको छ । यसको मूल कारण नै हाम्रो खानपान र जीवनशैली हो । अतः हामीले के खान्छौ वा खाइरहेका छौं भन्ने कुराको हेक्का राख्न सकिएन भने भोलिको दिनमा स्वास्थयमा विकराल समस्या आउने निश्चित छ । त्यसैले बजारको बट्टाको प्याकेजिङ र प्रोसेसिङ गरेको अप्राकृतिक पेय पदार्थ खानुभन्दा प्राकृतिक र घरमै निर्मित खाद्य वा पेय पदार्थ सेवन गर्नु वुद्धिमानी हुन्छ ।

गर्मीमा के खाने ?

बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही बालबालिकालाई दिनुपर्छ । आफूले पनि यस्तै खानुपर्छ । यस्तैः जौको सातु र सर्वतले पनि गर्मी मौसममा धेरै फाइदा हुन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ र रेसादार पनि हुन्छ । यसले शरीरलाई उर्जा पनि दिन्छ ।

ध्यान दिनुपर्ने कुरा

अहिले फलफूल पेलेर निकालिएको जुस पिउने चलन बढेको छ । यसरी जुस पिउँदा पहिला नै पेलेर राखेको छ भने पिउनु हुँदैन् । पेलेर जुस पिउनुभन्दा फलफूल आफैले चपाएर खाँदा राम्रो हुन्छ ।

तर, कहिलेकाहीँ पिउँदा आफैँले वा आफ्नै अगाडि पेलेर पिउनुपर्छ । बाहिर पिएको फलफूलको जुसले झाडापखाला लाग्ने भएकाले सबै सचेत हुनुपर्छ ।

गर्मीमा मही पिउनुका फाइदा

सहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन् । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ ।
बजारमा पाइने चिसो पेय पदार्थले मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैंनन्।

गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

बजारमा पाइने पेय पदार्थभन्दा मही खानु निकै उत्तम हो । अझ गर्मीयाममा मही खानु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरू बताउँछन् । मही खानुका फाइदाहरू यस्ता छन् :

  • गर्मीयाममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा शीतलता ल्याउने, स्फूर्ति बढाउने साथै पानीको मात्रा र शरीरलाई चाहिने इलेक्ट्रोलाइट सन्तुलन राख्न समेत मदत पुर्‍याउँछ ।
  • महीमा पाइने ‘प्रोबायोटिक’ले आन्द्राको समस्या (आइबिएस, कब्जियत आदि) हुनबाट जोगाउँछ।
  • मोहीमा क्याल्सियम, फस्फोरस आदि पोषक तत्व पाइने भएकाले, हड्डीहरूलाई बलियो बनाउँछ।
  • भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्‍न मद्दत गर्छ।
  • मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
  • साँझ बिहान महीको सेवन गर्दा स्मरणशक्ति तेज हुन्छ।
  • पटक—पटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ ।

(लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीमा कार्यरत छन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ