२०८१ चैत्र ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य२९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला

२९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला


काठमाडौं—धुम्बाराहीस्थित ह्याम्स अस्पतालले २९ चैतमा ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नाराका साथ दोस्रो संवाद श्रृखला गर्ने भएको छ । अस्पतालका अध्यक्ष रामशरण भण्डारीकाअनुसार प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजना गरिने उक्त संवाद श्रृखलाको यो दोस्रो संस्करण हो ।

होटल रमादा धुम्वाराही जनस्वास्थ्यका विज्ञहरु राखेर गरिने उक्त संवाद श्रृखला तीन सत्रमा सञ्चालन हुनेछ । ‘आजको दिनमा मुलुकको स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेका छन । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक रहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘तसर्थः अस्पतालले सामाजिक उत्तरदायित्व बोध गर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा वृहत सामाजिक हितको लागि ‘स्वास्थ्य सवैको सरोकार’ भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’ सोहीअनुरुप विगतको वर्षमा झैं यस वर्ष पनि उक्त संवाद श्रृखला गर्न लागिएको उनले जानकारी दिए ।

संवाद श्रृखलाको पहिलो सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ सम्बन्धी विचार विमर्श र छलफल हुनेछ । यो सत्रमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको प्रस्तुती रहनेछ भने प्यानल संवादमा प्रतिनिधीसभा सदस्यद्वय गगन थापा र देवेन्द्र पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र मुटु रोग विशेषज्ञ डा. कोइराला, नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. सरला केसी, अफिन अध्यक्ष डा. पदमबहादुर खड्का र नयाँदिल्लीस्थित म्याक्स हस्पिटलका कार्यकारी भि.पी. डा. गुरुप्रित सिंह रहेका छन् ।

यसैगरी, दोस्रो सत्रमा ‘नागरिकको स्वास्थ्यमा लगानी’ शीर्षकमा छलफल हुनेछ । यो सत्रमा डा. सुरेश तिवारीको प्रस्तुती रहेको छ भने प्यानल संवादमा प्रतिनिधीसभा सदस्यद्वय पदम गिरी र सोविता गौतम, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद पौडेल, स्वास्थ्य अर्थ विज्ञ डा. तिवारी, शिखर इन्स्योरेन्सका कार्यकारी अधिकृत दिप पाण्डे रहनेछन् ।

अन्तिम अर्थात तेस्रो सत्रमा पहिलो दुई सत्रको सारंश तथा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्तव्य रहनेछन् । कार्यक्रम प्रस्तोता दिलभुषण पाठक रहेका छन् । संवाद कार्यक्रमबाट प्राप्त सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पतालले जनाएको छ ।

सन् १९९७ मा स्थापना भएको ह्याम्स विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ