अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

वीरेन्द्रनगर—जाजरकोटबाट एक जना सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जुनिचाँदे गाउँपालिका–६ का ३० वर्षीया राजकुमारी शाहीलाई हेलिकप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।
शनिबार सुत्केरी हुनका लागि घरबाट प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोट ल्याइएको र सोही समयमा समयमा सामान्य अवस्थामा सुत्केरी भएको थियो ।
शिशुको जन्म भएपछि शाहीको अत्याधिक रक्तस्राव भएका कारणले थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अहिले उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनका श्रीमान विष्णुबहादुर शाहीले जानकारी दिए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
तपाईको प्रतिक्रिया दिनुहोस