२०८१ चैत्र १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने

गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने


काठमाडौं—शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १५ वर्षमुनिका बालबालिकाको मुटु उपचारमा सरकारले छुट्याएको बाहेक थप खर्च लागेको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गर्न उपसमिति बनाउने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले थप रकम आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

‘सरकारले बालबालिकाको मुटुको उपचारका लागि २ लाख ५० हजार रुपैयाँ सहायता दिदैं आएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. रवि मल्लले भने, ‘कतिपय बालबालिकाको उपचारमा त्यो भन्दा बढी पनि खर्च हुन्छ । कसैको उपचारमा ५—६ लाख रुपैयाँ खर्च हुन्छ, त्यो अपुग रकम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय भएको छ ।’

गंगालाल अस्पताल विकास समितिका अध्यक्ष अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अध्यक्षतामा उक्त बैठक बसेको थियो ।

सरकारले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार रुपैयाँका दरले सहायता रकम उपलब्ध गराउँदैं आएको छ ।

केहीको हकमा त्यो रकम अपुग हुने भएपछि केन्द्रले थप रकम कसरी जुटाउने भन्ने विषयमा अध्ययन गर्नका लागि उपसमिति बनाउन लागेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ