२०८१ चैत्र १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित


काठमाडौं—संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएको छ । बुधबार बसेको समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको हो ।

विधेयक पारित भएपछि अब प्रतिनिधीसभामा उक्त विधेयकमाथि छलफल हुनेछ । प्रतिनिधीसभाबाट पारित भएर प्रमाणिकरण भएपछि यो कानुनका रुपमा लागु हुनेछ ।

समितिले चाँडै विधेयकलाई प्रतिनिधीसभामा लैजाने तयारी गरेको छ । कानुन अभावमा निर्माण सकिएपनि ६ अर्ब बढीका भौतिक संरचना गेटामा पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

गेटालाई मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने निर्णय सरकारले गरेको छ । त्यसका लागि गेटामा अस्पताल सञ्चालनमा ल्याइसकिएको छ ।

गेटामा बनेका ठूला साना ५३ वटा संरचनाबाट प्रशासनिक कार्यलय, मेडिकल कलेज शिक्षण अस्पताल, शैक्षिक कार्यक्रमलगायतका कुरा सञ्चालन गर्ने तयारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ