२०८१ चैत्र ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सगर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?

गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?


गर्मी मौसम सुरु भएसंगै विभिन्न रोगको संक्रमण देखिने गर्दछ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमण जन्य रोगका किटाणुहरु बढि मात्रामा सक्रिय हुने चिकित्सिकहरु बताउँछन् । चिकित्सा विज्ञानका अनुसार सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ्य व्यक्तिमा सर्ने रोगहरु भन्ने बुझाउँछ ।

गर्मी महिनामा सर्ने रोगहरु के–के हुन ?
गर्मी मौसममा फैलिने अधिकांश रोग पेटसंग सम्बन्धित हुन्छन् । जसमा दुषित हावा, दुषित पानी, दिसा, पिसाब, सरसफाईको कमी र अन्य कारणहरुले सरुवा रोग सार्न मदत गर्दछ ।
जसबाट प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट, ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, झाडापखाला, जन्डिस, टाइफोइड र हेपाटाइटिस ए जस्ता रोगहरु लाग्ने गर्दछ ।

सरुवा रोगहरुबाट बच्ने उपायहरु ः
(क) व्यक्तिगत सरसफाईमा ध्यान दिने वा वरपरको वातावरण सफा राख्ने ।
(ख) दैनिक रुपमा शारििरक व्यायाम गर्ने ।
(ग) खाना खानु अघि र खाना खाइसकेपछि राम्रो संग साबुन पानीले हात धुनु ।
(घ) प्रशस्त मात्रामा पानी पिउने ।
(ङ) बासि तथा सडकमा बेच्न राखिएको खानेकुरा नखाने ।
(च) मौसम अनुसारका फलफुल तथा जुस खाने ।
(छ) दिउँसो घाममा निस्कदा क्याप वा छालाको प्रयोग गर्ने ।
(ज) छालाबाट बच्न वा बडि लोसन लगाउने ।
(झ) घरको वरपर रहेको खाल्टाखुल्टि, गमालामा पानी जम्ने नदिने ।
(ञ) गर्मी सुरुभएसंगै झुलको प्रयोग गर्ने तथा झ्यालहरुका जालि लगाउने ।

(ट)गर्मी बढेसंगै सफा पानीमा पौडि खेल्न सकिन्छ ।


क्याटेगोरी : टिप्स, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ