मानव शरीरको अङगहरुमध्ये छाला महत्वपूर्ण र ठुलो अङग हो । मानिसको पाँच ज्ञानेन्द्रीयहरु मध्ये छाला पनि एक हो । छालाले वातावरण, घाम, पानी, धुलोधुवाँ आदिका कारणबाट हुनसक्ने संक्रमण प्रतिरक्षा गर्ने काम गर्दछ । यसले वयस्क व्यक्तिमा करिब १६ प्रतिशत भाग ओगेटेको हुन्छ । वयस्क पुरुषको शरीरमा करिब १.६२ स्क्वायर मिटर र महिलाको शरीरमा करिब १.४२ स्क्वायर मिटर छाला रहेको हुन्छ ।
छालाको प्रकार र हेरचाह
छालाको हेरचाह भन्नाले छाला वा अनुहारको स्याहार सुसार भन्ने बुझिन्छ । यो दैनिक गरिने सरसफाई पनि हो । सबैभन्दा पहिला आफ्नो छाला कुन प्रकारको छ त्यो थाहा पाउनु पर्दछ ।
जस्तै सुख्खा छाला (dry skin) हेर्दा खस्रो र पाप्रा उक्किएको जस्तो देखिन्छ । चिल्लोपना भएको छाला (oily skin shiny) हेर्दा टल्कने र रौंका कोपहरु खुल्ला भएका हुन्छन् । अरुको तुलनामा संवेदनशील छाला ( sensitive skin ) लाई धेरै स्याहार गर्नुपर्दछ ।
सबै खालका छालाहरुलाई दैनिक बिहान र बेलुकै फेसवासले मुख धुनुपर्दछ । मुख धुदा धेरै तातो पानीको प्रयोग गर्न हुदैन .यसले हाम्रो छालामा भएको प्राकृतिक तैलिय पदार्थ कम गरिदिन्छ र छाला सुख्खा जस्तो हुन पुग्छ ।
यसैगरि धेरै चिसो पानीले पनि मुख धुनु हुदैन यसले अनुहारमा हुने मसिना रक्त नलिहरुलाई नोक्सान गर्छ र अनुहार सुन्निने जस्ता समस्या देखा पर्दछ । त्यसैले अनुहारको सरसफाई गर्दा सामान्य तापक्रम युक्त पानीको प्रयोग गर्नुपर्दछ ।
छालालाई सफा र मुलायम राख्ने तरिका
(क) टोनर
टोनरको प्रयोगपछि क्लिनजिङ गरिन्छ । टोनरको प्रयोगले क्लिनजिङपछि अनुहारमा बाँकी भएका dirt pores मा जम्मा भएको फोहोर र तैलिय पदार्थलाई निकालिन्छि । सामान्तया टोनर बिहान लगाउदा टोनरले स्किनको पिएच ब्यालेनस् गर्दछ भने बेलुका टोनरको प्रयोग गर्दा पोरस्लाई बन्द गर्छ , स्किन सेललाई टाइट गर्छ वा खुम्च्याउँछ ।
(ख) क्लिनजिङ
क्लिनजिङ भन्नाले हाम्रो अनुहारको epidermis layer मा टासिने फोहोरमैला, धुलोधुँवा सफा गर्नु हो । छालाको माथिल्लो लिएरमा जम्मा भएको फोहोर र देथ स्किन सेललाई सफा गर्नु हो । यसले open pores, black heards, blemishes, skin irritation आदिबाट बचाउँछ ।
(ग) मोइस्चराइजिङ
यो छालाको स्याहार सुसारका लागि दैनिक प्रयोग गर्नुपर्ने आधारभुत कुरा हो । मोइस्चरायजिङले छालालाई हाइडेसन र प्रोटेक्सन गर्दछ । मोइस्चरायजिङ लगाउदा छालामा भएको रौं कोपहरुलाई कस्छ र छालाको चाउरीपनलाई पनि घटाउँछ ।
अनुहारमा समस्या देखापर्ने कारण
छालामा देखापर्ने धेरै समस्या उमेर र हर्मोनका कारणेल देखा पर्दछ । छालाको राम्रो सरसफाइ नगर्ने, धेरै सूर्यको किरण र धुलोधुँवाको सम्पर्कमा आउने र छालाको हेरचाह नगर्ने कारणले डन्डिफोर, चायापोतो र चाउरीपन जस्ता समस्याहरु आउन सक्छन् ।
समाधान र बच्ने उपाय
अनुहारमा देखापर्ने विभिन्न समस्याको कारण फरक-फरक हुने भएकाले समाधानको उपाय पनि भिन्न भिन्नै नै हुन्छ । चाउरीपनको उपचार बुटक्स भएजस्तै केही समस्याको समाधान लेजर, औषधिको सेवन तथा मलमको प्रयोगबाट पनि हुन्छ ।
छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोसिस गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । यस्तै विज्ञापनमा देखेको भरमा कुनै पनि क्रिम लगाउनुहुँदैन ।
क्रिम छनोट गर्दा आफ्नो छालाको प्रकृतिअनुसार गर्नुपर्छ । अनिवार्य सनब्लक क्रिम लगाएर मात्रै घाममा निस्कनुपर्छ । छालामा केही समस्या देखिने बित्तिकै छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।