२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदाँत किन दुख्छ ?

दाँत किन दुख्छ ?


नेपालमा पछिल्लो समय दाँत किराले खाने समस्या बढ्दै गएको छ। मुख तथा दाँतसँग सम्बन्धित विषयमा जनचेतना बढ्दै गए पनि खस्रो तथा रेशादार खाद्यपदार्थको सेवन कम र गुलियोजन्य खाद्यपदार्थ तथा प्याकिङ गरिएका जंग फुडको सेवन बढी भएका कारण यो समस्या बढ्दै गएको पाइन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्नेलगायतका समस्या निम्तिने गर्छन् । साधारणतया अत्यधिक तातो वा चिसो खानेकुरा खाँदा, दाँत सफा नगर्दा, क्याल्सियमको कमी, ब्याक्टेरियल संक्रमण वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । साथै बुद्धि बंगारा आउने क्रममा पनि दाँत असाध्यै दुख्ने गर्दछ ।

दाँतको दुखाइबाट बच्ने उपायहरुः
दाँतमा टाँस्सिने खालका खानेकुरा कम र रेसादार खानाहरु जस्तैः फलफूल र हरियो सागपात सेवन बढी गर्ने।
– फ्लोेराइडयुक्त टुथपेस्टले दिनको दुई पटक दुई मिनेटसम्म ब्रस गर्ने र डेन्टल फ्लसको मद्दतले अड्किएको खाना निकाल्ने।
– खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने ।
– दाँतमा अड्एिका खानाहरु सिङ्काले नकोट्याउने ।
–नियमित रुपमा मुख तथा गिजाको जाँच दक्ष दन्त चिकित्सकसँग गराउने र दाँतको स्केलिङ (प्रोफेसनल क्लिनिङ) गराउने ।
– सुर्तीजन्य पदार्थको सेवन नगर्ने र अत्यधिक मात्रामा मध्यपान सेवन नगर्ने।

के समस्या भएको छ, त्यो अनुसार उपचार गर्नुपर्छ । दाँत सधैँ सफा राख्नुपर्छ । रोगको राम्रोसँग समयमै उपचार गर्‍यो भने ठूलो प्रक्रियामा जानुपर्दैन । अहिले पाठेघर क्यान्सर बढी भनिए पनि मुखको क्यान्सर धेरै बढिरहेको छ । दाँत हल्लिएको छ र वास्ता गर्नुभएको छैन भने भित्र अटोमेटिक क्यान्सर भइसकेको पनि हुन सक्छ । त्यसैले समयमा नै उपचार गर्नुपर्छ ।


क्याटेगोरी : टिप्स, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ