संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको छ । उनले अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार हुने दावी गरेका छन् ।
मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने उल्लेख छ ।
त्यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सञ्चालन गर्ने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्ने दावी गरीएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्ने भनिएको छ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्ने तयारी भएको उल्लेख छ ।
स्वास्थ्य मन्त्रीको सचिवालयबाट दिइएको जानकारी अनुसार भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्ने, परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला सुरु गर्ने उल्लेख छ ।
तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्ने, डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना संकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुने, नारायणी अस्पतालले एनआइसीयुमा एमआरआई लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको सचिवालयको दावी छ । भेरी अस्पतालले भने १० आइसीयु शैया थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस