२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै पत्राचार गरेका छन् । प्रमुख साम्पाङले प्रतिष्ठानका सम्पूर्ण भवनहरुको कानूनमा व्यवस्था भए बमोजिम नक्सा पेश गर्न र नक्सा पास गर्न बाँकी भवनहरुको नक्सा पास गर्न भन्दै पत्राचार गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ को उपदफा १ बमोजिम नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भन्ने व्यवस्था रहेका कारण नक्सा पेश गर्न पत्राचार गरेको बताएका छन् ।

ऐनको दफा ३९ को उपदफा ४ र ५ बमोजिम यदि कसैले नक्सापास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सापास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरी सो भवन वा त्यसको कुनै भाग भत्काउन सक्ने प्रावधान छ ।

त्यस्तै, भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा ८ बमोजिम निर्मित भवन नियमित अभिलेखीकरण गर्नै पर्ने व्यवस्था हुँदा भवनहरुको नक्सा पेश गर्न उपमहानगरप्रमुख साम्पाङले पत्राचार गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ