२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा .टंक वाराकोटीलाई नियुक्त गरेका छन् । शुक्रवार मन्त्री पौडेलले रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् ।

तत्कालीन निर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो ।

लोकसेवा आयोगले अतिरिक्त सचिवहरु डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवकासागि सिफारिस गरेका थिए ।

डा. देवकोटा सचिव भएकोमा डा मिश्राले सार्वजानिक रुपमै असन्तुष्टी व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ