२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह

क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह


काठमाडाै- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयराेग नियन्त्रण केन्द्रकाे निर्देशकमा राजविराज स्थित गजेन्द्र नारायण सिं अस्पतालका निर्देशक डा श्रीराम तिवारीलाई जिम्मेवारी दिईने भएकाे छ ।

उनकाे स्थानमा शसिल काेईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका निर्देशक प्रकाश शाहा जानेभएका छन् ।

मन्त्रालय स्राेतले दिएकाे जानकारी अनुसार मंगलबार नै दुवैजनालाई दिने जिम्मेवारीकाे प्रकृयागत काम पूरा भएर निर्णयकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलकाेमा पेश भएकाे छ ।

“दुवैजनाकाे जिम्मेवारीकाेलागी प्रकृयागत काम पूरा भएर मन्त्रिज्यूकहा पुगेकाे छ ।” स्राेतले भन्याे “सम्भवत शुक्रवार दुवैले पत्र पाउनुहुन्छ हाेला ।”

हाल केन्द्रकाे निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा उनकाे दरवन्धीमै  काज फिर्ता गरिएकाे छ ।
उनी छातीराेग विशेषज्ञ हुन् ।

मन्त्रालय स्राेतका अनुसार क्यान्सर अस्पताल बाँकेकाे निर्देशक भने तत्काललाई खाली राखिएकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ