२०८१ फागुन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त

सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त


काठमाडौं । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । अस्पताल विकास समितिको आज बसेको बैठकले रेग्मीलाई निर्देशकमा नियुक्त गरेको हो ।

२५ फागुनमा अस्पतालका निर्देशक प्रा.डा. विधाननिधि पौडेलको चार वर्षे कार्यकाल सकिएसँगै उक्त पद खाली रहेको थियो । निर्देशक पदका लागि ११ जना चिकित्सकले आवेदन दिएका थिए ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशक सिफारिस समितिले डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र प्रा.डा. रेग्मीको नाम सिफारिस गरेको थियो ।

सो सिफारिको आधारमा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रा.डा. रेग्मीलाई चार वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्ति गरेको हो ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. रेग्मी तीन वर्षयता सिभिल अस्पतालमा काजमा कार्यरत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ