२०८१ फागुन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल

निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल

व्यवस्थापन महाशाखाका निर्देशक डा पवन रायमाझी या गुमानेका प्रमुख डा सरोज शर्मा मध्ये एक जनालाई आर्थिक अधिकार सहितको निमित्त महानिर्देशक वनाउने तयारी


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको सबैभन्दा ठूलो संरचना रहेको स्वास्थ्य सेवा विभाग ६ दिन देखी नेतृत्व विहिन रहेको छ । विभागका महानिर्देशक डा विकास देवकोटा गत बुधवारको मन्त्रीपरिषद बैठकबाट स्वास्थ्य सचिवमा नियुक्ती भएसंगै सो पद रिक्त रहेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री प्रदिप पौडेल तत्काल महानिर्देशक नियुक्ती गर्ने पक्षमा छैनन । उनी निमित्त कै भरमा केही महिना चलाउने सोचमा रहेको पाइएको छ ।

मन्त्री पौडेल निकट स्रोतले दिएको जानकारी अनुसार व्यवस्थापन महाशाखाका निर्देशक डा पवन रायमाझी या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा सरोज शर्मा मध्ये एक जनालाई आर्थिक अधिकार सहितको निमित्त महानिर्देशक वनाएर पठाउने तयारीमा लागेका छन् ।

विभागको संगठन संरचनामा अनुसार १२ औ ताहको अतिरिक्त सचिव मध्येबाट एक जनालाई महानिर्देशकको जिम्मेवारी दिनुपर्ने हुन्छ । मन्त्रालयमा अहिले दुई जना अतिरिक्त सचिवहरु डा संगिता कौशल मिश्र र डा टंक बाराकोटी रहेका छन् । १२ औ तहको २ अतिरिक्त सचिव भने खाली रहेको छ ।

सचिव बनाउदा तेस्रो नम्बरमा सिफारिस भएका विकास देवकोटालाई बनाएको भनेर पहिलो नम्वरमा सिफारिस भएकी डा मिश्राले सार्वजानिक रुपमा नै मन्त्रीको राजिनामा माग गरेकी थिइन । त्यसो त उनि पछिल्लो समय मन्त्रालयमा हाजिर भएकी छैनन । अर्का १२ औ तहका डा वाराकोटी कम्युनिष्ट खेमाको र आफुले भने जसरी काम लगाउन गाह्रो हुने भन्दै मन्त्री पौडेलले निकटहरुसंग तत्काल निमित्तकै भरमा अगाडी लैजाने सल्लाह गरिरहेका छन् । ‘मन्त्रालय भन्दा ठूलो संरचना र धेरै कार्यक्रमहरु विभागमै छन् ।’ मन्त्री निकट स्रोतले भन्यो ‘काम गर्न सहज मान्छे खोजिरहनुभएको छ ।’

केही समय पछि आउने २ अतिरिक्त सचिव हेरेर मात्र नया महानिर्देशक पठाउने मनसाय मन्त्रीले देखाइरहेको मन्त्रालय स्रोतको दावी छ ।
मन्त्री पौडेललाई विभागको अन्य कामहरु भन्दा पनि ठूलो रकमको खरिद प्रकृया हुने हो या नहुने भन्ने चिन्ता रहेको स्रोत बताउछ । ‘अन्य महाशाखाका नियमित कामहरु त जो भएपनि चलिरहन्छन् ।’ स्रोतले भन्यो ‘ब्यवस्थापन महाशाखाले गर्ने ठूलो खरिदमा महानिर्देशकको ठूलो हात हुन्छ त्यसैले आफु अनुकुल लैजान चाहनुभएको होला ।’

तर मन्त्रीको सचिवालयका सदस्य दुर्गा घिमिरे भने यस विषयमा छलफल नभएको बताउछन् । ‘बाहिर विभिन्न खालका हल्लाहरू आउछन् ।’ उनले हेल्थआवाजसंग भने ‘अहिले यस विषयमा छलफल भएको छैन ।’

मन्त्री पौडेलले २१ फगुनको मितिमा विभागको इडिसिडीको निर्देशक पनि सुटुक्क परिवर्तन गरेका थिए । उनले डा यदुचन्द्र घिमिरेलाई हटाएर डा चन्द्र भल झा लाई जिम्मेवारी दिएका हुन् । स्रोतका अनुसार २१ फागुनमा सरुवा गरिएको भनेतापनि आइतवार मात्र दुवै जनालाई जानकारी दिइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ