काठमाडाै- स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकमा डा चन्द्रभाल झा लाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै उनलाई इडिसिडिको निर्देशकमा नियुक्त गरेका हुन् । मन्त्री पौडेलले २१ फागुनमा मन्त्री स्तरीय निर्णय गरी उनलाई इडिसिडिको निर्देशकको जिम्मेवारी दिएका हुन् ।
इडिसिडिका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुख वनाएर पठाइएको छ ।
डा झा कोशी अस्पतालका पुर्व निर्देशक हुन् । नारायणी अस्पतालमा दरवन्दी भएका डा झ कोशी अस्पतालको निर्देशकबाट हटे संगै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिममा रहेका थिए ।
त्यसैगरी गजेन्द्रनारायण सिं स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख वाल रोवग विशेषज्ञ डा एन्जीला घिमिरेलाई परोपकार प्रसुती गृह थापाथली सरुवा गरीएको छ भने उनको ठाउंमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा किरण मणि पौडेललाई लगिएको छ ।
मन्त्रालय स्रोतका अनुसार भर्खरै ११ औ तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ ।
पदस्थापन हुनेहरुमा प्रमुख बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला पोखरा पठाइएको छ । त्यसैगरी काडीयोलोजीष्ट डा मनोज कोइरालाको दरवन्दी कोशी अस्पतालमा राखी कामकाजको लागि पोखरा पठाइएको छ। मानसिक रोग विशेषज्ञ डा अजिता पौडेल कोशी, प्रमुख अस्पताल नर्सीङ्ग प्रशासक शकुन्तला प्रजापती नारायणी, प्याथालोजीष्ट निलम बैद्य भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पताल पदस्थापन गरिएको छ ।