२०८१ फागुन २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा

हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा


आजकल मोवाइल फोनको लतले मानिसलाई  धेरै रोगि बनाएको छ, तर के तपाईलाई थाहा छ यो बानीले हामीलाई गम्भीर रोगको खाडलमा धकेल्न सक्छ । वास्तवमा, शौचालयबाट मोबाइल फोनमा ब्याक्टेरिया फैलिने जोखिम धेरै हुन्छ। यसले खाद्य विषाक्तता र भाइरल संक्रमण सहित धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ ।

टर्किस जर्नल अफ कोलेस्टेरोल डिजिजमा प्रकाशित अध्ययनका अनुसार शौचालयमा स्मार्टफोन प्रयोग गर्ने बानीले पाइल्स हुन सक्छ । अपोलो, स्पेक्ट्रा हस्पिटल जयपुरका जर्नल सर्जरी डा. रत्नेश जेनेभा कंसल्टेटका अनुसार लामो समयसम्म ट्वाइलेट सिटमा बस्दा धेरै गम्भीर रोग लाग्ने खतरा बढ्छ । जस्तै पाल्यस्, पाचनसम्बन्धि समस्या, युनिक टयाक्टर इन्फेक्सन, आन्द्रामा हुने इन्फेक्सन, घाँटी र पछाडि दुखाइ, हृदय रोग आदिको खतरा बढ्न तथा रोगको रिक्स् हुन सक्ने बताउछन् ।

बाथरुम र शौचालयमा फोन लिएर बस्दा पायल्सको खतरा बढ्छ ।
लामो समयसम्म ट्वाइलेट सिटमा एउटै पोजिसनमा बस्दा मलद्वार अतिरिक्त दबाब पर्दछ, जसले पायल्स निम्त्याउन सक्छ। यसबाहेक, मोबाइलमा फोकस गरेर, व्यक्तिले आफ्नो शरीरको संकेतलाई बेवास्ता गर्दछ। जसका कारण यो पूरै ताजा हुँदैन वा धेरै समय लाग्ने गर्दछ जसले पायल्स पनि हुन सक्छ।

बाथरुम र शौचालयमा मोबाइल बोक्ने बानीबाट कसरी छुटकारा पाउने ?
१० देखि १५ मिनेट भन्दा बढी शौचालयमा बस्नबाट जोगिनु पर्दछ । यदि शौचालय वा बाथरुममा आफूलाई विचलित गर्न आफ्नो फोन प्रयोग गरिन्छ भने,आफ्नो फोन बिना पनि ५ देखि १० मिनेटसम्म बस्न सकिन्छ या सकिन्न भन्ने आत्मापरीक्ष गर्न आवश्यक रहेको छ । यस समयमा शौचालय वा बाथरुममा फोन चलाउन भन्दा पनि आफ्ना बारेमा सोच्न सकिन्छ ।
शौचालयको सिटमा बसेर फोन प्रयोग गर्ने बानीबाट छुटकारा पाउन केही उपायहरु अपनाउन सकिन्छ । जस्तै ः
(क) बाथरुम जानुअघि फोनलाई निश्चित ठाउँमा राख्ने ।
(ख) यो बानी बिस्तारै छोड्न आफैलाई उत्प्रेरित गर्ने ।
(ग) नराम्रो बानीलाई आत्मसमर्पण नगर्ने।
(घ) ट्वाइलेट प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन भनेर आफैलाई सम्झाउने । मोबाइल सेनिटाइज गर्न आवश्यक छ ।
फोन भनेको एउटा यस्तो यन्त्र हो जसलाई मानिसले बिहान आँखा खोल्दादेखि राती सुत्ने समयसम्म साथमा राख्छ। त्यसैले यो ब्याक्टेरियासँग बढी सम्पर्कमा आउँछ। यस्तो अवस्थामा हप्तामा कम्तिमा एक पटक आफ्नो मोबाइललाई सेनिटाइज गर्नुपर्दछ ।

टेक एक्सपर्ट उपेन्द्र शर्माका अनुसार निम्न तरिकाबाट मोबाइल सेनिटाइज गर्न सकिने बताउछन् । जस्तै ः
(क) सबैभन्दा पहिले मोबाईल अफ गर्ने र मोबाइलको कवर निकाल्ने ।
(ख) नरम कपडामा अल्कोहल तरल हाल्ने ।
(ग) नरम कपडाले मोबाइलको अगाडि पछाडिको दुवै भाग राम्रो संग पुछ्ने ।
(घ) स्पीकर र क्यामरा पुछ्नको लागि कपासको प्रयोग गर्ने ।
(ङ) फोनलाई सुख्खा हुन करिब १५ मिनेट जति राख्ने र सुख्खा भएपछि मोबाइल कवर लगाउने ।
(च) कभरहरू र इयर फोनहरू जस्ता अन्य फोन सहायक उपकरणहरूको कभरहरू पनि सफा गर्न नभुल्ने ।
(छ) हरेक दिन सम्भव हुन नसक्छ तर हप्ताको एक दिन मोबाइल फोनलाई सेनिटाइज गर्न सकिन्छ ।

पाइल्स भनेको के हो  ? पायल्सलाई अङ्ग्रेजीमा  (Hemorrhoids) भनिन्छ । अत्याधिक दबाबका कारण गुद द्वारका रक्त नलीहरू सुन्निने र कडा दुख्ने समस्या हुन्छ । पुरानो अवस्थामा पनि रक्तस्राव हुन सक्छ।

पाइल्स किन हुन्छ ?
पायल्स हुनुका धेरै कारण हुन सक्छन् । यसमा कब्जियत, लामो समयसम्म बस्ने, ताजा हुनको लागि धेरै मेहनत, मोटोपना र खराब आहार समावेश छ । यसबाहेक शारीरिक गतिविधि र पानीको कमीले पनि पाइल्स हुन सक्छ ।

पायल्सका लक्षणहरू के के हुन् ?
यसका केही सामान्य लक्षणहरू छन्। जस्तै ताजा हुँदा रक्तश्राव गुदाको क्षेत्रमा सुन्निने वा गाँठो भएको महसुस हुनु । मलद्वारा जलन वा दुखाइ । मलद्वारा चिलाउने वा असहज महसुस हुनु।

पायल्सबाट बच्ने उपाय के के छन् ?

अपोलो स्पेक्ट्रा अस्पताल जयपुरका जनरल सर्जन डा. रत्नेश जेनाउ बताउँछन्, पायल्सबाट बच्न फाइबर युक्त आहार लिने र प्रशस्त मात्रमा पानी पिउने , नियमित समयमा ताजा हुने बानी बसाल्ने, धेरैबेर शौचालयमा नबस्ने र नियमित रुपमा व्यायाम गर्नुपर्दछ ।
पायल्सको कुनै उपचार छ  ? डा. रत्नेश जेनाउ भन्छन् पायल्सको उपचार सम्भव छ । यसका लागि सुरुमा डाक्टरले केही औषधि दिन्छन् । तर, यदि अवस्था पुरानो छ भने शल्यक्रिया पनि आवश्यक हुन सक्ने बताउछन् ।

 


क्याटेगोरी : टिप्स, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ