२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली

नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त सचिव डा. विकास देवकोटाले पदबहाली गरेका छन् । बिहीबार दिउँसो सचिव देवकोटाले पदबहाली गरेका हुन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

१२ फागुनमा निवर्तमान स्वास्थ्य सचिव डा. रोशन पोखरेल अनिवार्य अवकासमा गएसँगै स्वास्थ्य सचिव रिक्त रहेको थियो । स्वास्थ्य सचिव नियुक्त हुनुअघि डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए।

स्वास्थ्य सचिव सिफारिस समितिले १२ औं तहका अतिरिक्त सचिव डा. देवकोटासँगै १२ औं तहकैं अतिरिक्त सचिवद्धय डा. संगीता मिश्रा र डा. टंक बाराकोटीलाई सचिवका लागि सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ