२०८१ फागुन २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर

अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक जना विरुद्ध मुद्धा दायर गरेको छ । २० फागुनमा आयोगले झुट्टा प्रमाणपत्र पेश गरी रेडियोग्राफर पदमा जागिर खाएको आरोपमा जितेन चौधरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनी कोशीको सिटी स्क्यान विभागमा रेडियोग्राफरका रूपमा कार्यरत छन् । चौधरीले १ माघ २०७२ मा उक्त पदमा जागिर खाँदा बीएस्सी एमआईटी तहको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ ।

अख्तियारले चौधरीलाई झुट्टा प्रमाणपत्र पेश गरेर नियुक्ति लिई ओहोदा, लाभ सुविधा लिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ