२०८१ फागुन २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग


चरिकोट—दोलखा चरिकोटमा सञ्चालित बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न थालेका छन् । बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत चरिकोटमा रहेको रक्त सञ्चार सेवालाई स्वास्थ्य उपकरण वितरण गरिएको छ ।

चरिकोटमा सञ्चालित लक्ष्मी सनराइज बैंकले रक्त सञ्चार केन्द्र चरिकोटलाई ब्लड मनिटरिङ र ट्युव सिलर मेसिन सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले चरिकोटमा रगत संकलनको लागि रक्त रञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।

स्वयंसेवी रक्तदाताहरुबाट रक्तदान गरेका रगतलाई सुरक्षित गर्नको लागि यस मेसिनको आवश्यकता पर्दछ । रेडक्रसको मागलाई लक्ष्मी सनराइज बैंकले सहयोग गरेको सभापति दाहालले बताए । उक्त मेसिन बजारमा खरिद गर्दा दुई लाख ४० हजार रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।

त्यस्तै चरिकोटमा सञ्चालित नविल बैंकले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई मेसिन सहयोग गरेको सभापति दाहालले बताए । नविल बैंकले वाटर बाथ (रगत अर्को बिरामीलाई दिन मिल्ने नमिल्ने जाँच गर्ने) मेसिन सहयोग गरेका छन् । उक्त मेसिनले रगत क्रस म्याचको काम गर्दछ । उक्त मेसिन बजारमा खरिद गर्दा २५ हजारभन्दा बढी मूल्य पर्ने र बैंकले आफ्नो सामाजिक दायित्व पूरा गरेको नविल बैंक चरिकोट शाखाका प्रमुख रविन्द्र केसीले बताए ।

दोलखामा नेपाल रेक्रडस सोसाइटीको पहलमा विभिन्न संघसंस्थाहरुले मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संकलित रगत पहिलो प्राथमिकता जिल्लावासीलाई र थप रगत मागको आधारमा अन्य स्थानमा पनि दिदैँ आएको सभापति दाहालले बताए । स्वयंसेवी रुपमा रक्तदान गरेका रगतलाई सुरक्षित र व्यवस्थित गर्नको लागि हाल प्राप्त उपकरण मेशिन महत्वपूर्ण रहेको बताएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ