२०८१ फागुन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवालाई सेवामूलक व्यवसायका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति

स्वास्थ्य सेवालाई सेवामूलक व्यवसायका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सेवामूलक व्यवसायको रुपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो समय स्वास्थ्य नाफमुखी व्यवसाय बनेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले संविधानले नागरिकको समान पहुँचको परिकल्पना गरेको भन्दै त्यसतर्फ ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए । पौडेलले नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत व्यवस्थाको प्रत्याभूतिको व्यवस्था संविधानले नै सुनिश्चित गरेको भन्दै सोअनुसारको नागरिकले सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गरे ।

राष्ट्रपतिले देशका कुना—कुनामा दक्ष र विज्ञ चिकित्सकको सेवा पु¥याउनु आवश्यक रहेको औल्याए । ‘आजको यस विशेष अवसरमा सबैलाई आ—आफ्नो क्षेत्रवाट स्वास्थ्य सेक्षको समग्र विकासमा योगदान पुयाउन आग्रह गर्दछु,’ उनले भने, ‘जनशक्ति देशमा पर्याप्त उत्पादन हुँदाहुँदैं यसलाई रोक्न नसक्ने चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चलाउनुपर्छ ।’

नेपाल चिकित्सक संघद्वारा आयोजित ७५ औं चिकित्सक दिवसको अवसरमा पूराना पाँच चिकित्सकलाई सम्मान समेत गरिएको थियो । लिजेन्ड इन मेडिसिन भनेर दिइएको सम्मानमा सम्मानित हुनेमा डा. गौरी शंकरलाल दास, डा. मृगेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गंगोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्या रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ