२०८१ फागुन ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त


काठमाडौं—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा.डा. दिनेशकुमार लम्साल नियुक्त भएका छन् । आइतबार बागमती प्रदेश सरकारले डा. लम्साललाई चार वर्षका लागि रेक्टरमा नियुक्त गरेको हो ।

यसअघि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनका रुपमा कार्यरत थिए । डा. लम्सालले राप्तीको डिन रहँदा एमबीबीएस कार्यक्रम सुरु गर्न र जर्नल प्रकाशित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका हुन् ।

त्यसपछि उनले लामो समय निजामती कर्मचारी अस्पतालमा बिताएका थिए । सन् २००९ देखि सन् २०२४ सम्म झण्डै १५ वर्ष निजामती कर्मचारी अस्पतालमा रहँदा उनले एसिस्टेन्ट डाइरेक्टरका रुपमा काम गर्नुका साथै लामो समय इमर्जेन्सी विभाग नेतृत्व गरे ।

डा. लम्सालअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेर ७ वर्षभन्दा बढी समय अध्यापनमा पनि सक्रिय रहे ।

सोभियत फेडेरेसनबाट एमबीबीएस गरेका डा. लम्साल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी (जर्नल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन/फ्यामिली मेडिसिन) का पहिलो ब्याचका विद्यार्थी हुन् ।

लामो समय चिकित्सा क्षेत्रमा सक्रिय उनले तीन वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा रहेका काम गरिसकेका छन् । डा. लम्सालले चिकित्सा शिक्षा आयोग, लोक सेवा आयोग, नीति तथा अनुसन्धान प्रतिष्ठान, विश्वविद्यालय अनुदान आयोग र काठमाडौं युनिभर्सिटीमा पनि विज्ञका रुपमा काम गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ