२०८१ फागुन ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी

यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी


काठमाडौं—नेपाली औषधि बजारको प्रमुखमध्येको एक डिष्ट्रीब्युटर्स यतिक्यामको कारोबार निरन्तर उकालोमा रहेको छ । कम्पनीको पछिल्ला पाँच वर्षको फाइनान्सियल तथ्यांकअनुसार यतिक्यामको कारोबार निरन्तर बढिरहेको छ ।

यतिक्यामले आर्थिक वर्ष सन् २०२४ मा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको हो । यतिक्यामले सन् २०२३ मा १ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

यतिक्यामले सन् २०२२ मा १ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यस्तै, सन् २०२१ मा १ अर्ब ६० करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब ४० करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

सन् २००१ मा फर्मास्युटिकल्स प्रडक्ट डिस्ट्रीब्युटर्सका रुपमा यतिक्याम स्थापना भएको थियो । यसले क्रोनिक तथा दीर्घ रोगका औषधिहरु वितरण गर्दै आएको छ । जसमा डाइबटिज, क्यान्सर, टिबीलगायतका रोगहरु छन् ।

यतिक्यामको स्वामित्वमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको समान ५०÷५० प्रतिशत साझेदारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ