२०८१ फागुन १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले नागरिकको सूचना पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य मन्त्रालयले नागरिकको सूचना पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । ९ फागुन शुक्रबारबाट मन्त्रालयले हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो ।

साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढीभन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए । यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेलो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेलो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ ।

यसै क्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ सुरुवात गर्न लागिएको हो । ‘साताभरका गतिविधि भिडियोमार्फत पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,’ उनले भने, ‘भोलिबाट सुरुवात हुनेछ ।’

मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमति दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरु प्रेषण गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ