२०८१ फागुन ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचरिकोटमा ४० जना बन्दीले गरे रक्तदान

चरिकोटमा ४० जना बन्दीले गरे रक्तदान


चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा ४० जना बन्दीहरुले रक्तदान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा जिल्ला कारागार दोलखाका बन्दीहरुले रक्तदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले बताए ।

प्रजातन्त्र दिवसको अवसरमा वर्षेनी कारागारमा विभिन्न संघ—संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ । बन्दीहरुलाई पनि सामाजिक कार्यमा जोड्नको लागि कारागारभित्र नै रक्तदान कार्यक्रम आयोजना गरिएको सभापति दाहालले बताए ।

स्वयंसेवी रक्तदाताहरुलाई जिल्ला कारागार दोलखाका प्रमुख हरिराम न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तारा दल गण, सशस्त्र प्रहरी कार्यालयका प्रमुख, प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटीका कार्यसमितिलगायतका उपस्थित रहेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ