काठमाडौं–यस वर्षको राधा क्यान्सर सचेतना तथा महिला हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका पत्रकार पदमराज जोशीलाई दिइने भएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने यो पुरुषकार काठमाडौंमा बसेर स्वास्थ्य विषयमा समाचार लेख्ने पत्रकार जोशीलाई दिइने निर्णय भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए ।
२० हजार रूपैयाँ राशीको सो पुरस्कारका लागि फउन्डेसनले ४ माघमा आवेदन आव्हान गरेको थियो । आवेदन दिएकामध्ये पुरस्कार छनोट समितिको सिफारिसमा जोशीलाई यस वर्षको पुरुष्कार प्रदान गरिने भएको हो ।
वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्याल लामो समय नवलपुरमा रहेर पत्रकारिता गरिरहेकी थिइन् । उनको १४ कात्तिक २०७७ मा स्तन क्यान्सरको कारणले निधन भएको थियो । उनको सम्झनामा प्रत्येक वर्ष क्यान्सर तथा महिला हिंसा विरुद्ध उत्कृष्ट समाचार लेख्ने एक पत्रकारलाई सो पुरस्कार दिदैं आएको अध्यक्ष बस्यालले जानकारी दिए ।
यस वर्षको पुरस्कार आगामी ९ फागुनमा एक समारोहका बीच नवलपुरमा प्रदान गरिने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ ।