२०८१ माघ २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन

१० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन


काठमाडौं– राष्ट्रिय अभियान सुरु भएको ६ दिनमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी लगाउने किशोरीको संख्या १० लाख पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा उनले खोप अभियान सुरु भएको ६ दिनमा १० लाख किशोरीले खोप लगाइसकेको उल्लेख गरेका छन् ।

‘माघ २२ गतेबाट देशभर सुरु भएको एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीहरुले यो खोप लिइसकेका छन्,’ सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘अभियान फागुन ६ गतेसम्म चल्नेछ । खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद !’

सरकारले कक्षा ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपीभी खोप लगाउने अभियान सुरु गरेको हो ।

यस वर्ष १६ लाख ८० हजार रुपैयाँ किशोरीलाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ । आगामी वर्षदेखि भने नियमित खोप अभियानमा यसलाई समेट्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ