२०८१ माघ २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण तालिम

चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण तालिम


चितवन–चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण(टट) तालिम सुरु भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र ह्युमन नेपालको संयुक्त आयोजनामा साैराहामा सोमबारबाट सो तालिम सुरु भएको हो ।

तालिमको सहजिकरण प्रमुख प्रशिक्षक मनोविद् कपिल शर्माले, ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटी, आशेष रेग्मी, काउन्सिलर नैना गुरुङ्गले ले गर्नेछन् । ४ फाल्गुन सम्म संचालन हुने तालिममा बिभिन्न जिल्लाबाट ११ जना महिला प्रशिक्षार्थीको उपस्थिती रहेको छ ।

तालिमको उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यलय भरतपुरका प्रमुख दिपक रुपाखेतीले तालिम पश्चात मनोसामाजिक परामर्षकर्ताहरुले समुदाय स्तरमा मानसिक स्वास्थ्यका समस्याहरुलाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्ति गरे । उनले एक्लोपन, दिग्दारीपन, आत्माहत्या रोकथाम, कुलतबाट जोगिने, स्कुले वालवालीकालाई मनोसामाजिक शिक्षा जस्ता कुराको प्रवर्धनमा सहयोग पुग्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ