२०८१ माघ २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको राकममा ५० शैय्याको अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

दैलेखको राकममा ५० शैय्याको अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय


जुम्ला—सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मातहत सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

करिब ९ लाख जनसंख्या सेवा प्रवाह गर्ने कर्णालीको केन्द्रविन्दु दैलेखको राकममा बन्ने अस्पतालको स्तरवृद्धि गरी ५० शैय्यामा सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।

डा रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्नेछ । यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने विश्वास छ। विगत लामो समयदेखिको हाम्रो सपना पूरा हुँदैछ।’

आठबिस नगरपालिका, प्रतिष्ठानको नियमित संवाद सहकार्य, प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै पुनः स्वास्थ्य मन्त्रालयमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यलयमार्फत मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णय भएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ