गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज हेल्थ आवाज मंगलबार, २०८१ माघ २९ गते, १०:५६ मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेश सरकारको निर्णय विरुद्ध उच्च अदालत गएका गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । आफूलाई मन्त्रालयबाट प्रादेशिक स्वास्थ्य तालिम केन्द्र सरुवा गरेको भन्दै शर्माले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । ४ माघमा प्रदेश सरकारले वैदेशिक अध्ययनमा गएका तत्कालीन सचिव डा. विश्वबन्धु बगाले फर्किएपछि पुनः सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. बगाले विदेश पढ्न गएपछि प्रदेश सरकारले शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि सचिवको जिम्मेवारी दिएको थियो । डा. बगाले फर्किएपछि संघीय सरकारको पूरानै सरुवालाई टेकेर प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । डा. बगालेलाई सचिवमा नियुक्त गरेसँगै अदालत गएका डा. शर्माको पक्षमा अल्पकालीन आदेश दिएको थियो । सो आदेशपछि गण्डकी स्वास्थ्य मन्त्रालयमा दुई सचिवले हाजिरी गर्दै आएका थिए । अदालतले डा. शर्माको रिट खारेज गरिदिएपछि डा. बगालेलाई सचिवका रुपमा काम गर्ने बाटो खुला भएको हो । डा. शर्मालाई तालिम केन्द्रमा गरिएको सरुवा सदर भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो